गण्डकी प्रदेशस्तरीय भलिबल : सेमिफाइनल समीकरणा पूरा | Khabarhub Khabarhub

गण्डकी प्रदेशस्तरीय भलिबल : सेमिफाइनल समीकरणा पूरा


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगितामा स्याङ्जा, कास्की, नवलपुर र बागलुङ सेमिफाइनलमा प्रवेश गरेका छन् । गण्डकी प्रदेश भलिबल सङ्घको आयोजनामा यही पुस ६ गतेदेखि जारी प्रतियोगितामा सहभागी नौ जिल्लामध्ये समूह ‘क’ बाट स्याङ्जा कूल आठ अङ्कसहित समूह विजेता बनेर अन्तिम चारमा स्थान बनाएको छ ।

सोही समूहबाट उपविजेता बन्दै कास्कीले छ अङ्कसहित अन्तिम चारमा स्थान बनायो । प्रतियोगितामा स्याङ्जाले कास्की, गोरखा र तनहुँलाई पराजित गरेको हो ।

यसैगरी समूह ‘ख’ तर्फ बागलुङ र नवलपुर एक खेल खेल्न बाँकी हुँदा नै सेमिफाइनल पुगेका छन् । बागलुङ र नवलपुरबीच लिगतर्फ अझै एक खेल खेल्न बाँकी छ । बागलुङले लिगतर्फको खेलमा म्याग्दी, पर्वत र लमजुङलाई पराजित गर्दै नौ अङ्कका साथ समूहको शीर्ष स्थानमा छ । नवलपुरले म्याग्दी, पर्वत र लमजुङलाई पराजित गर्दै आठ अङ्कका साथ समूहको द्वितीय स्थानमा रहेको छ ।

प्रतियोगितामा उपाधि विजेताले नगद रु दुई लाख, उपविजेताले नगद रु एक लाख, तृतीय हुने टोली रु ५० हजार र चौथो हुने टोलीले रु २५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान प्राप्त गर्ने प्रदेश भलिबल सङ्घका महासचिव टहलसिंह थापा मगरले जानकारी दिए । यसैगरी प्रतियोगितामा सर्वोत्कृष्ट हुने एकजना खेलाडीले नगद रु २० हजारका साथमा ट्रफी र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ । उत्कृष्ट सेटर, उत्कृष्ट लिव्रो, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, उत्कृष्ट स्पाइकर र उत्कृष्ट प्रशिक्षकलाई जनही नगद रु १०/१० हजार प्रदान गरिनेछ ।

नेपाल भलिबल सङ्घ र कास्की जिल्ला भलिबल सङ्घको व्यवस्थापन, प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वयमा प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगिताको बचत रकमबाट महिला भलिबल खेलाडी तयार गर्न एकेडेमी सञ्चालन गर्ने लक्ष्य राखिएको छ । प्रतियोगितामा हिमाल पारिका जिल्ला मनाङ र मुस्ताङबाहेक गण्डकीका नौ जिल्लाको सहभागिता छ ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ९ : १५ बजे

भरतपुरमा ४०० भन्दा बढी विद्यार्थीले पाए छात्रवृत्ति

चितवन – भरतपुर महानगरपालिकाका २९ वटा विद्यालयमा कक्षा ११ मा

सात वर्षपछि चीन जाँदै मोदी, एशियाका दुई शक्ति मिल्ने सम्भावना कति ?

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणमा जाँदैछन् । अमेरिकी

सेनाले आयोजना गरेको स्वास्थ्य शिविरमा ६०० भन्दा बढी तीर्थयात्रीले सेवा लिए

बाजुरा – बडीमालिकाको दर्शनका लागि गएका भक्तजनलाई लक्षित गरी नेपाली

नेपाल दक्षिण एसियाको उदाउँदो ‘सिलिकन भ्याली’: सञ्चारमन्त्री गुरुङ

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाललाई

गण्डकीमा घरेलु मदिरा नियमन विधेयकः वार्षिक ६० लिटर रक्सी पार्न इजाजत नचाहिने

पोखरा – गण्डकी प्रदेशमा परम्परागत घरेलु मदिरा उत्पादनलाई व्यवस्थित र