उन्नाइस किलो सुनसहित सुडानी नागरिक पक्राउ | Khabarhub Khabarhub

उन्नाइस किलो सुनसहित सुडानी नागरिक पक्राउ


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको टोलीले आज १९ किलो अर्धठोस अवस्थाको सुनसहित एक सुडानी नागरिकलाई पक्राउ गरेको छ ।

आज अपराह्न ३ बजेको समयमा फ्लाई दुबइमार्फत नेपाल आएका सुडानी नागरिक २७ वर्षीय मोहम्मद अहमद डफल्ला सराफेल्डिन सुनसहित पक्राउ परेका भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेले राससलाई जानकारी दिए। भन्सार कार्यालयमा जाँचका क्रममा उनले सुन ल्याएको फेला परेपछि उक्त सुन बरामद गरिएको हो ।

“उसको गतिविधि शङ्कास्पद देखियो अनि कार्यालयका कर्मचारीले जाँच गर्दा उनले अर्धठोस अवस्थाको सुन ल्याएको फेला प¥यो”, पाण्डेले भने, “थप विषयहरु अनुसन्धानका क्रममा रहेको छ ।”

सुन १० वटा प्याकेटमा अर्धठोस अवस्थामा रहेको र उनले पनि सुन ल्याएको स्वीकार गरेको पनि पाण्डेले बताए । उनी पहिलो पटक नेपालमा भ्रमण भिसामा आएका व्यक्ति हुन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको भन्सार कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ९ : १९ बजे

विश्वकप एसिया छनोट : नेपाल र हंकङबीचको खेल रद्द

काठमाडौं– आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज हुने भनिएको

यस्तो बन्यो संसद् भवन (फोटो फिचर)

काठमाडौं– सिंहदरबारभित्र साढे पाँच वर्ष अघिदेखि निर्माण भइरहेको संसद् भवनको

वैशाखको चौँथो साता शेयर बजारमा ‘डेड क्याट बाउन्स’

काठमाडौं– वैशाखको चौँथो साता वैशाख २१ गतेदेखि २५ गतेसम्म शेयर

अध्यक्ष माधव नेपालको स्वास्थ्यमा सुधार

 काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार

नेविसंघमा साधारण सदस्यसमेत नरहने गरी कारबाही घोषणा गर्ने होडबाजी 

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा