विश्वभर एकै दिन थपिए २१ लाख कोरोना संक्रमित « Khabarhub

विश्वभर एकै दिन थपिए २१ लाख कोरोना संक्रमित


१० माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा २१ लाख ३२ हजार जनाभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् ।

थपिनेमा भारतमा सबैभन्दा धेरै तीन लाख ५ हजार, फ्रान्समा ३ लाख एक हजार, अमेरिकामा एक लाख ९७ हजार र इटलीमा एक लाख ३८ हजार छन् ।

त्यसैगरी ब्राजिलमा ८४ हजार, जर्मनीमा ७५ हजार, बेलायतमा ७४ हजार, टर्कीमा ६५ हजार र रुसमा ६३ हजार जनामा संक्रमण पुष्टि भएको छ ।

यही अवधिमा १२ लाख ९४ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् भने ४ हजार ४९८ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुसमा ६७९, अमेरिकामा ५७०, भारतमा ४७४, इटलीमा २२७, ब्राजिलमा ११८, टर्कीमा १८५, फ्रान्समा ११५ र बेलायतमा ७५ जना छन् ।

निको हुनेमा भारतमा २ लाख ३२ हजार, बेलायतमा एक लाख ६७ हजार, इटलीमा एक लाख ३१ हजार, टर्कीमा ७५ हजार, फ्रान्समा ६७ हजार, अमेरिकामा ३४ हजार र रुसमा २३ हजार छन् ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ५ : ५० बजे

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित