जीप दुर्घटनामा ज्यान गुमाएकाको परिवारलाई आर्थिक सहयोग | Khabarhub Khabarhub

जीप दुर्घटनामा ज्यान गुमाएकाको परिवारलाई आर्थिक सहयोग


१० माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – जीप दुर्घटनामा परी ज्यान गुमाएकाको परिवारलाई तनहुँको बन्दीपुर गाउँपालिकाले राहत प्रदान गरेको छ । गत पुस ३० गते बन्दीपुर गाउँपालिका–६ धरमपानी बाक्सेमा जीप दुर्घटनामा परी मृत्यु भएका ६ जनाको परिवारलाई गाउँपालिकाले आइतबार राहत प्रदान गरेको हो ।

गाउँपालिकाको बैठकको निर्णय अनुसार प्रति मृतक रु दश हजारका दरले रु ६० हजार राहत प्रदान गरिएको गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले जानकारी दिए । गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा, उपाध्यक्ष गुरुङ, वडाध्यक्ष सन्तबहादुर गुरुङ सहित जनप्रतिनिधिको टोली मृतकको घरमै पुगेर राहत प्रदान गरेको हो । ‘शोकको घडीमा स्थानीय सरकार जनताको साथमा छ भन्ने अनुभूति दिलाउन थोरै भएपनि राहत प्रदान गरेका हौ,’ उनले भने ।

जीप दुर्घटनामा परी बन्दीपुर गाउँपालिका–६ का ५३ वर्षीय हरि न्यौपाने, ४८ वर्षीया सुशीलादेवी न्यौपाने, २४ वर्षीय रोशन गुरुङ, ९ महिने बालिका आरुबी थापा, ४८ वर्षीय सन्तबहादुर गुरुङ र ५० वर्षीया विममाया गुरुङको मृत्यु भएको थियो ।

जीप दुर्घटनाका चालकलाई कारवाही र मृतकका परिवारलाई उचित क्षतिपूर्ति पाउने माग सहित दुई दिनसम्म पीडितले शव बुझेका थिएनन् । दुर्घटनामा मृत्यु भएकाहरुलाई कानून बमोजिम पाउनुपर्ने राहत उपलब्ध गराउने र घाइतेको उपचार खर्च बेहोर्ने सहमति भएपछि पीडितले शव बुझेका थिए । त्यसबेला किरिया खर्च बापत प्रति मृतक रु ५० हजार प्रदान गरिएको थियो भने बाँकी जनही रु चार लाख ५० हजार २५ दिनभित्र उपलब्ध गराउने सहमति भएको थियो ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ७ : १० बजे

ठोरी भन्सार सञ्चालनमा

चितवन– माडी नगरपालिका र पर्साको ठोरी जोड्ने ठोरी छोटी भन्सार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं– बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय

आयोगले उपनिर्वाचनको परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझायो

काठमाडौं– निर्वाचन आयोगले बैशाख १५ मा सम्पन्न उपनिर्वाचनको परिणाम प्रतिवेदन

वेष्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं– वेष्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० शृंखलाको चौथो खेलमा नेपालले

सुनको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी