भारतमा ओमिक्रोन समुदायस्तरमै फैलियो « Khabarhub

भारतमा ओमिक्रोन समुदायस्तरमै फैलियो


१० माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन समुदायस्तर मै फैलिएको पाइएको छ ।

इन्डियन-सार्स-कोव-२-जीनोम-कन्सोर्नियमका अनुसार भारतमा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन समुदायस्तर मै फैलिएको हो । यसले कोरोना सङ्क्रमितको सङ्ख्या बढेर अस्पताल भर्ना हुने दर पनि बढिरहेको जिनोम कन्सोर्नियमले जनाएको छ ।

पछिल्लो समय विरामीलाई आइसीयू बेड पनि चाहिन थालेको छ । ओमिक्रोन सङ्क्रमण भएका धेरैमा हल्का र लक्षण नै नभएका पनि छन् । ओमिक्रोनको खतरामा कुनै पनि परिवर्तन नभएको भन्दै ओमिक्रोन केही महानगरमा तीब्रगतिमा फैलिरहेको जीनोम कन्सोर्नियमले जनाएको छ ।

जब कोही सङ्क्रमितलाई कहाँबाट रोग सरेको हो भन्ने बारेमा थाहा हुँदैन त्यतिबेला रोग समुदायस्तरमा फैलिएको मानिन्छ । यसको मतलव कोरोना भाइरस गाउँ, बस्ती र शहरमा समुदायस्तरमा छ । यस्तोमा सङ्क्रमणको लहर चुडाउन मुस्किल पर्छ र सङ्क्रमण तीब्रगतिमा फैलन्छ । समुदायस्तरमा फैलिनुको मतलव भाइरसले जो कोहीलाई सङ्क्रमण गराउन सक्छ ।

अहिलेसम्म भारतमा ३ करोड ९५ लाखमा कोरोना पुष्टि हुँदा ३ करोड ६७ लाख निको भएका छन् । ४ लाख ८९ हजारको भने मृत्यु भएको छ । अझै पनि २२ लाख ५९ हजार सक्रिय सङ्क्रमित रहेको भारतमा ८ हजार ९ सय जटिल अवस्थामा रहेका र बाँकीको अवस्था सामान्य रहेको पाइएका छन् ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ९ : ३४ बजे

रूसमा युक्रेनी आक्रमण, चार जनाको मृत्यु

एजेन्सी– दक्षिणी रूसमा भएको युक्रेनी ड्रोन आक्रमणमा एक जना आठ

गत वर्ष १० करोडमा सीमित भएको ज्योति विकास बैंकको नाफा १ अर्ब नाघ्यो

काठमाडौं– ज्योति विकास बैंक लिमिटेडले आर्थिक वर्ष (आव) २०८२-८३ को

सरकारलाई रविको चेतावनी : यो रमाउने बेला होइन, परिणाम दिन नसके फेरि ‘भदौ २३’ आउन सक्छ

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

कङ्गोमा इबोला सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २ हजार नाघ्यो

किन्शासा- प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा फैलिएको इबोला सङ्क्रमणबाट मृत्यु हुनेको

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

राँझा–  भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको कृषिउपजले