हुम्लामा तीन फिटसम्म हिमपात, एसइई ट्युसन पढ्ने विद्यार्थी प्रभावित « Khabarhub

हुम्लामा तीन फिटसम्म हिमपात, एसइई ट्युसन पढ्ने विद्यार्थी प्रभावित


१० माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमकोट – हिमाली जिल्ला हुम्लामा आइतबार साँझदेखि निरन्तर हिमपात भइरहेको छ। हिमपातले यहाँको जनजीवन थप कष्टकर बनेको छ।

सदरमुकाम सिमकोटमा झण्डै एक फिटसम्म हिउँ जमेको छ भने उत्तरी क्षेत्रमा दुईदेखि तीन फिटसम्म हिमपात भएको छ । हिमपातले हुम्ला सेताम्य भएको छ।

हिमपातसँगै यहाँको तापक्रम माइनसमा झर्दा चिसो अत्याधिक बढेको हो । चिसोले बृद्धबृद्धा, बालबालिकालाई घरबाट निस्कनै कठिन भएको छ । हिमपातले एक ठाउँबाट अर्को ठाउँसम्म पुग्न सक्ने अवस्था छैन ।

हिमपातले पशुचौपायलाई चराउन थप कठिनाइ बनाएको छ । नाम्खाको लिमी, तिल, हाल्जी र जाङ गाउँमा एक सय ५० को हाराहारीमा घर छन् । यहाँ चिसो अत्यधिक हुन्छ । चौरी, जुमा, झोपा, घोडा र लुलुगाई यहाँका स्थानीयले पाल्ने गर्छन् ।

एसइई ट्युसन पढ्ने विद्यार्थी थप सकसमा

सदरमुकाम सिमकोटमा एसईईको तयारीका लागि हिउँदे टिउसन पढ्दै आएका विद्यार्थी चिसोले थप मारमा परेका छन् ।

बिहानी ट्युसन कक्षा पढ्दै आएका विद्यार्थीलाई समस्या हुने गरेको हो । हिउँदमा विद्यालय बन्द भए पनि एसइई तयारी गरिरहेका विद्यार्थीले ट्युसन पढ्दै आएका छन् ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  १० : २० बजे

मन्त्रिमण्डल र पार्टी नेतृत्व फेरबदल गर्ने तयारीमा जापानी प्रधानमन्त्री

एजेन्सी– जापानी प्रधानमन्त्री सानाए ताकाइचीले आफ्नो मन्त्रिमण्डल र सत्तारूढ लिबरल

खाडी क्षेत्रले सुरक्षा मामिलामा आत्मनिर्भर बन्नुपर्छ : कतार

एजेन्सी– खाडी राष्ट्रहरूले आफ्नो सुरक्षाका लागि संयुक्त राज्य अमेरिका वा

शेखर र पूर्णबहादुर गगनसँग नजिकिँदा बढ्यो देउवाको चुनौती

काठमाडौं- तत्कालीन सभापति शेरबहादुर देउवाका विश्वासपात्रमध्ये एक पूर्णबहादुर खड्का पछिल्लो

काठमाडौंमै खसी भन्दै टेपले टाँसेर बेचियो बाख्राको मासु

काठमाडौं– खसीको मासु भन्दै बाख्रीको मासु बेचेको आरोपमा काठमाडौंको रातोपुलबाट

इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानका ११ जनाको मृत्यु

लेबनान- दक्षिणी लेबनानमा रातभर भएको इजरायली हवाई आक्रमणमा दुई शिशुसहित कम्तीमा