साउदीको जेद्धामा १८ महिनादेखि बिरामी भई छटपटाइरहेका नेपालीको उद्धार « Khabarhub

साउदीको जेद्धामा १८ महिनादेखि बिरामी भई छटपटाइरहेका नेपालीको उद्धार



दोहा– साउदी अरबको जेद्धामा विगत १८ महिनादेखि बिरामी भई छटपटाइरहेका एक नेपाली युवाको उद्धार गरिएको छ । जाजरकोट घर भएका आयुष रानाको उद्धार गरी जेद्वास्थित अलविर अस्पताल भर्ना गरिएको हो ।

विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा साउदीमा नेपाली युवा छटपटाइरहेको एक भिडियो सार्वजनिक भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले भिडियोबारे चासो राख्दै रानाको उद्धार र उपचारमा पहल गरेका हुन् ।

मन्त्री श्रेष्ठले सार्वजनिक भिडियोबारे वास्तविकता बुझ्न त्यहाँको महाबाणिज्य दूतावासलाई खबर गरे लगतै दूतावासका श्रम सहचारी प्रेम उपाध्यायसहितको टोली बिरामीको अवस्थाबारे जानकारी लिदै उपचार गर्न स्थानीय अस्पतालमा भर्ना गरेको थियो ।

श्रम सहचारी उपाध्यायका अनुसार बिरामी रानासहित ८ जना नेपाली अलपत्र परेको र केही महिनादेखि दूतावासले खानको व्यवस्था गर्दै आएको जानकारी दिए । ८ जनामध्ये एक जना नेपाल फर्किसकेका छन् भने अन्य ६ जना भोलि (मंगलबार) नेपाल फर्किने बताए ।

बिरामी रानाको पनि नेपाल फर्कने टिकटको व्यवस्था गरिएको तर, उनको पुलिस केस भएकोले एक्जिट भिसाको लागि समय लाग्ने बताईएको छ । उनी बिरामी परेपछि नेपाल फर्कने व्यवस्थाका लागि महाबाणिज्य दूतावासले आइतबार नै इमिग्रेसनलाई पत्राचार गरेको महाबाणिज्यदूत शत्रुधन पोखरेलले बताए।

उनी ललितपुरको न्यू वल्र्ड ओभरसिज म्यानपावरमार्फत डिसेम्बर १६, २०१९ मा साउदी अरब पुगेका थिए । आयुष छारे रोगजस्तो देखिने समस्याबाट १८ महिनादेखि थलिएका थिए ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ५ : २७ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा