फजूल खर्चका कारण हैरान हुनुहुन्छ ? « Khabarhub

फजूल खर्चका कारण हैरान हुनुहुन्छ ?


१२ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्राय मानिस हातमा पैसा अडिँदैन भनेर चिन्तित हुन्छन् । उनीहरूको एउटै गुनासो हुन्छ, जब पैसा हात लाग्छ त्यो तुरुन्तै खर्च हुन्छ । मंहगीको अवस्थामा यसो हुनु स्वाभाविक हो । तर अनेकौँ कोसिस गर्दा पनि हातमा पैसा अडिँदैन भने यो चाहिँ विचारणीय हुन्छ ।

हातमा पैसा नअडिनुको अनेकौँ कारण हुनसक्छ । त्यस मध्ये एक हो, वास्तु दोष । वास्तुशास्त्र अनुसार घरको सही स्थानमा पैसा नहुँदा आम्दानी भन्दा बढी खर्च हुने गर्दछ । यस्तोमा वास्तुका नियम पालना गर्न आवश्यक हुन्छ ।

वास्तुशास्त्र अनुसार पूर्व र उत्तर दिशा देवतासँग सम्बन्धित हुन्छ । यी दिशामा देवताको वास हुने मान्यता छ । यस्तोमा पूर्व दिशामा पैसा राख्ने ढुकुटी राख्नु शुभ मानिन्छ । यदि अनुकूल भएन भने घरको उत्तर दिशा पनि ढुकुटी राख्न उपयुक्त मानिन्छ । यसले धन बढोत्तरी हुने र फजूलखर्च नियन्त्रण हुने मान्यता छ ।

वास्तुशास्त्र अनुसार घरको दक्षिण दिशामा ढुकुटी राख्नु शुभ मानिँदैन । यसले धनको हानी नभए पनि धनमा हुने बढोत्तरी रोक्ने मान्यता छ । यस्तै पश्चिम दिशामा पनि दराज वा ढुकुटी राख्नु शुभ मानिँदैन । यसले पनि आर्थिक नोक्सानी हुने मान्यता छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार  ६ : ०६ बजे

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको