सुखद अन्त्यको लक्ष्यमा च्यासल | Khabarhub Khabarhub

सुखद अन्त्यको लक्ष्यमा च्यासल


१२ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – च्यासल युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम खेल खेल्दैछ । अन्तिम खेलमा नव प्रबेशी सातदोबाटो युथ क्लबको सामना गर्दा च्यासल आफ्नो यात्राको सुखद अन्त्य गर्न चाहन्छ ।

शीर्ष डिभिजनमा बढुवा भएको तेस्रो सिजनमा च्यासल ‘बी’ डिभिजनमा घटुवा भएको हो । २०७५ र २०७६ सालको लिगमा नवौ स्थानमा रहेको च्यासल यस पटक भने तालिकाको १४औं स्थानमा रहेसँगै रेलिगेशनमा परिसकेको छ ।

त्यसैले सातदोबाटोविरुद्धको खेल च्यासलका लागि ‘ए’ डिभिजन यात्राको सुखद अन्त्य गर्ने सुनौलो अवसर हो । गत शनिबार रेलिगेशनकै संकटमा रहेको फ्रेन्डस क्लबलाई २-१ को नतिजा सुम्पिएपछि च्यासल घटुवामा परेको थियो ।

यता ‘ए’ डिभिजनमा आफ्नो डेब्यु सिजनमै जायन्टकिल्लरको रुपमा उदाएको सातदोबाटो पनि सुखद अन्त्यको चाहानामा छ ।

फ्रेन्डसविरुद्ध बराबरी खेल्दै सिजनको सुरुआत गरेको सातदोबाटोले त्यसयता थ्री स्टार क्लब, मनाङ मर्स्याङ्दी युथ क्कब र नेपाल पुलिस क्लबलाई हारको स्वाद चखाइसकेको छ ।

सातदोबाटो १२ खेलमा १८ अंकसहित तालिकाको पाँचौ स्थानमा छ । पहिलो सिजनमै राम्रो स्थानमा बस्दै सिजनको अन्त्य गर्ने लक्ष्य लिएको सातदोबाटो च्यासलविरुद्ध तीन अंक जोडे न्युरोड टिम (एनआरटी)लाई पछि पार्दै तेस्रो स्थानमा उक्लिने छ ।

त्यस्तै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा हिमालयन शेर्पा क्लबको सामना गर्दा फ्रेन्डस भने पछिल्ला तीन खेलमा कायम अपराजित यात्राको निरन्तरताका साथ लिगमा सुखद अन्त्यको लक्ष्यमा हुनेछ ।

सातदोबाटोसँग बराबरी खेल्दै सिजनको सुरुआत गरेको फ्रेन्डस नवौ चरण सम्म भने रेलिगेशनको मुख्य दाबेदार टोली थियो ।

तर फ्रेन्डसले दशौं चरणमा ब्रिगेड ब्वाइज क्लबविरुद्ध हात पारेको जितले रेलिगशेनश जोगाउने सम्भावना ब्युँताएको थियो ।

११औं चरणमा जावलाखेल युथ क्लबसँग अंक बाँडेको फ्रेन्डसले शनिबार च्यासललाई हराउँदै ‘ए’ डिभिजन हैसियत कायम राख्न सफल भएको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार  ९ : ५५ बजे

४३ युट्युब च्यानललाई कारवाहीको सिफारिस, तीन अनलाइन कालोसूचीमा

काठमाडौं– प्रेस काउन्सिल नेपालले तथ्यहीन, भ्रामक र अमर्यादित सामग्री सम्प्रेषण गर्ने

प्रधानमन्त्री मोदी र माल्दिभ्सका राष्ट्रपति मुइज्जुबीच भेटवार्ता

काठमाडौं–  प्रधानमन्त्री नरेन्द्र मोदी र माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुबीच भेटवार्ता

वैदेशिक रोजगारीमा ठगी, एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु भन्दै

भोजपुर गइरहेको बस सिन्धुलीमा दुर्घटना, कम्तीमा २ जनाको मृत्यु

काठमाडौं- काठमाडौंबाट भोजपुरतर्फ गइरहेको एउटा यात्रु बस सिन्धुलीमा दुर्घटनाग्रस्त भएको

राष्ट्रपतिसमक्ष थारू आयोगको प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष थारू आयोगले आर्थिक वर्ष २०८०-८१ मा