महोत्तरी बर्दिबास नगरपालिकाले बौद्ध शिक्षा लागू हुँदै « Khabarhub

महोत्तरी बर्दिबास नगरपालिकाले बौद्ध शिक्षा लागू हुँदै


१२ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – बर्दिबास नगरपालिकाले बौद्ध शिक्षा लागु गर्ने भएको छ । बौद्ध शिक्षा प्रारम्भ गर्न चाँडै कलेज स्थापनाको प्रक्रिया अघि बढाइने नगर कार्यपालिकाको कार्यालयले जनाएको हो । बुधबार लुम्बिनी बौद्ध विश्वविद्यालय र बर्दिबास नगरपालिकाबीच यससम्बन्धी सम्झौता भएपछि अब बौद्ध शिक्षाका लागि कलेज स्थापनाको प्रक्रिया अघि बढ्ने प्रमुख प्रशासकीय अधिकृत रेवतीप्रसाद पराजुलीले बताएका छन् ।

‘हाम्रो नगरपालिका र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच बर्दिबासमा बौद्ध शिक्षा प्रारम्भ गर्ने सम्झौता भएको छ’, पराजुलीले भने, ‘अब बौद्ध शिक्षाका लागि कलेज स्थापनाको प्रक्रिया कार्यालयको शिक्षा शाखाले अघि बढाउने छ ।’ बुधबार यससम्बन्धी सम्झौतामा नगरप्रमुख विदुरकुमार कार्की र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा हृदयरत्न वज्राचार्यले हस्ताक्षर गर्नुभएको पराजुलीले जानकारी दिए ।

बौद्ध शिक्षा लागू भएपछि यहाँ स्थापना हुने कलेजमा बौद्ध दर्शनसम्बन्धी ज्ञान, तालिम, खोज एवं अनुसन्धान गरिने छ । यो शिक्षाले आम नागरिकमा अष्टाङ्ग ध्यान, सम्यक जीवन र बौद्ध दर्शनका बहुआयामिक पक्षबारे चासो बढाउने यहाँका शिक्षाविद् बताउँछन् । ‘सुखद जीवन जिउने कलाबारे बौद्ध दर्शनले सुझाएको छ’, बर्दिबास जनता बहुमुखी क्याम्पसका प्राचार्य तोपबहादुर ठकुरी भन्छन्, ‘यहाँ बौद्ध शिक्षाका लागि कलेज स्थापना हुनसके यसबारे सकारात्मक चासो बढ्ने छ ।’

बौद्ध शिक्षाबारे अहिले भएको सम्झौता आसन्न स्थानीय निर्वाचनको प्रचार नारामात्र नबनोस् भन्ने पनि यहाँका शिक्षाविद्को प्रतिक्रिया छ । ‘स्थानीयतहको निर्वाचन घोषणा भएको छ, यहाँको अहिलेको नगर नेतृत्वले ‘मैले यस्तो सम्झौता गरें’ भन्ने चुनावी प्रचारमात्र नगरोस्’, बर्दिबास–३ गौरीडाँडास्थित जनता माध्यमिक विद्यालयका अवकासप्राप्त प्रधानाध्यापक सरिता ढुङ्गाना भन्नुहुन्छ, ‘कलेज स्थापनाको इमान्दार प्रयत्न अघि बढोस्, जनताले देखिने गरी काम भएपछि गर्नेले त्यसको जस त पाइहाल्छन् ।’

यसअघि नगरपालिकाले आउँदो शैक्षिकसत्रदेखि लागु हुने गरी स्थानीय पाठ्यक्रम लागू गरिसकेको छ । कक्षा १ देखि ८ सम्म पठनपाठन हुने स्थानीय पाठ्यक्रममा ‘बर्दिबास ज्ञानमाला’ नाउँको पुस्तक तयार भएको छ । यो शैक्षिकसत्र २०७९ बाट लागू हुँदैछ, कक्षा १ देखि ८ सम्मको ‘बर्दिबास ज्ञानमाला’ बाट विद्यार्थीले आफ्नो ठाउँको भूगोल, भेषभूषा, भाषाभाषी, रीतिथिति र स्थानीय सम्भावनाबारे आधारभूत ज्ञान पाउनेछन् । स्थानीय पाठ्यक्रम लागू गर्ने बर्दिबास अहिलेसम्म जिल्लाको एकमात्र स्थानीयतह हो ।

नगरक्षेत्रमा आधारभूत र माध्यमिक गरी ५५ सामुदायिक विद्यालय छन् । त्यसैगरी कृषि सङ्कायको अध्ययन अध्यापन हुने प्राकृतिक स्रोत साधन कलेज सञ्चालित छ । यसबाहेक शिक्षाशास्त्रमा स्नातकोत्तर र वाणिज्य शास्त्रमा स्नातक तहसम्मको अध्ययन हुने बर्दिबास जनता बहुमुखी क्याम्पस एवं १० भन्दा बढी प्राविधिक विषयको पठनपाठन हुने निर्मल लामा बहुप्राविधिक शिक्षालय छ । नगरक्षेत्रका सात माध्यमिक विद्यालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को सम्बन्धनमा पशुविज्ञान, नापी, कम्प्युटर विज्ञान, फरेष्ट्री, इञ्जिनियरिङ र कृषिसम्बन्धी पठनपाठन गराइ रहेका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार  ११ : २० बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद