संसद बैठकअघि प्रचण्ड र प्रधानमन्त्री देउवाबीच भेटवार्ता | Khabarhub Khabarhub

संसद बैठकअघि प्रचण्ड र प्रधानमन्त्री देउवाबीच भेटवार्ता


१२ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

सत्ता गठबन्धनमा रहेका यी दुई नेताबीच संसद बैठकमा टेबल भइसकेर छलफलमा जान लागेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल भएको बुझिएको छ ।

भेटमा प्रचण्डले एमसीसीबारे आफ्नो दल र गठबन्धनका अन्य दलहरुलेसमेत समर्थन गर्न नसक्ने जानकारी प्रधानमन्त्री देउवालाई गराएका बालुवाटार स्रोतले खबरहबलाई दिएको छ ।

प्रचण्डले एमसीसी प्रक्रियाबाटै पास नभएपछि गठबन्धनमा यसको असर पर्न नहुने सुझाव प्रधानमन्त्रीलाई दिएका बताइएको छ। प्रधानमन्त्री देउवाले सरकारको प्रस्ताव भएकाले एमसीसीको बिरोधमा सरकारमै सामेल दलहरुले मतदान गर्दा गठबन्धन अप्ठेरोमा पर्ने बताएका छन्।

प्रचण्ड देउवालाई भेट्न बिहानै बालुवाटार पुगेका थिए । बालुवाटार पुग्नुअघि प्रचण्डले एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललगायतका नेतासँग छलफल गरेका थिए।

सरकार तत्कालै एमसीसी सदनबाट अनुमोदन गराउने तयारीमा छ भने माओवादी केन्द्र संशोधनविना अनुमोदन गराउने पक्षमा छैन । एकीकृत समाजवादीमा भने दुई धार देखिएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार  १२ : १६ बजे

दिल्ली विस्फोटपछि काश्मीरमा भारतीय प्रहरीको व्यापक छापामारी

एजेन्सी– भारतको राजधानीमा एक दशकभन्दा बढी समयपछिको सबैभन्दा घातक विस्फोट

बिहार विधान सभा चुनाव : एनडीएको सुनामीमा डुब्नेतर्फ आरजेडीको लालटिन

पटना- बिहार विधानसभा चुनावमा शुक्रबार २४३ सिटको नतिजा सार्वजनिक हुँदैछन्।

कोरियामा रहेका नेपालीको अभिभावक बनेर काम गर्न दूतावासका अधिकारीलाई सञ्चारमन्त्रीको आग्रह

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दक्षिण कोरियामा रहेका

‘होल्डिङ फ्यूल’ नपुग्ने भन्दै काठमाडौं आइसकेको नेवानिको जहाज पठाइयो दिल्ली

काठमाडौं- आकाशमा चक्कर लगाउन ‘होल्डिङ फ्यूल’ नपुग्ने भन्दै काठमाडौं आइसकेको

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं– बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ