भारतीय सेनाद्वारा नेपाली सेनालाई एक लाख कोभिड–१९ विरुद्धको खोप उपहार स्वरुप प्रदान « Khabarhub

भारतीय सेनाद्वारा नेपाली सेनालाई एक लाख कोभिड–१९ विरुद्धको खोप उपहार स्वरुप प्रदान


१२ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारत सरकारको “खोप मैत्री” योजना अन्तर्गत भारतीय सेनाले नेपाली सेनालाई भारतमा बनेको कोभिड–१९ विरुद्धको खोपको एक लाख डोज काठमाडौंको टुँडिखेलस्थित नेपाली सेनाको जंगी अड्डामा आज आयोजित एक समारोहमा उपहार स्वरुप प्रदान ग-यो । गोर्खा ब्रिगेडका प्रमुख लेफ्टिनेन्ट जनरल पी.एन. अनन्थनारायणले नेपाली सेनाका रथी बाल कृष्ण कार्कीलाई सो खोप हस्तान्तरण गरेका हुन् ।

लेफ्टिनेन्ट जनरल अनन्थनारायणले गोर्खा सैनिकले भारतीय सेनामा देखाएको बहादुरी र समर्पणको प्रशंसा गर्दै गोर्खाली समुदायलाई सेवा गर्ने प्रतिबद्धता व्यक्त गरे । भारतले उपहार स्वरुप प्रदान गरेको खोपको स्वागत गर्दै रथी कार्कीले भारतीय सेनाले अघि बढाएको सहकार्यप्रति खुशी व्यक्त गरे ।

सन् २०२० यता कोभिशिल्ड खोप, स्वास्थ्य सामाग्री, एम्बुलेन्स लगायतका सहयोगमार्फत भारतीय सेनाले नेपाली सेनालाई कोभिड–१९ विरुद्ध लड्न सहयोग गरिरहेको छ । भारतीय सेनाले प्रदान गरेको यो खोप उपहारले दुई देश र दुई देशका सेनाबीचको सहकार्यलाई पुष्टि गर्दछ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार  ३ : ३८ बजे

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ

बाढीमा मृत्यु तथा बेपत्ता राष्ट्रसेवकका परिवारलाई २५ हजार राहत

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु तथा

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर