प्रचण्डले देउवालाई भने– ‘एमसीसीको विपक्षमा मतदान गर्छु, सरकारमा पनि बस्न चाहन्छु’ « Khabarhub

प्रचण्डले देउवालाई भने– ‘एमसीसीको विपक्षमा मतदान गर्छु, सरकारमा पनि बस्न चाहन्छु’


१२ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीको विपक्षमा मतदान गर्ने र सरकारबाट नबाहिरिने प्रस्ताव गरेका छन् ।

बिहीबार बालुवाटारस्थित प्रधानमन्त्रीको निवासमा भएको छलफलमा प्रचण्डले माओवादी केन्द्रले एमसीसीको विपक्षमा मतदान गर्ने र सरकारबाट नबाहिरिने प्रस्ताव गरे । तर, यसलाई प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वीकार गरेका छन् ।

सरकारमा रहेर सरकारकै प्रस्तावको विपक्षमा मतदान गर्न नमिल्ने भन्दै देउवाले एमसीसीको पक्षमा मतदान गर्न आग्रह गरे । एमसीसीको पक्षमा माओवादी केन्द्रले मतदान गर्न नसक्ने प्रचण्डको जिकिरपछि प्रधानमन्त्री देउवाले आफ्नो पार्टीका मन्त्रीलाई राजीनामा दिन लगाउन प्रचण्डलाई भनेका छन् ।

एमसीसीको विपक्षमा मतदान गर्ने र सरकारबाट नबाहिरिने हो भने माओवादीबाट मन्त्री भएकालाई बर्खास्त गर्ने चेतावनी प्रचण्डलाई प्रधानमन्त्री देउवाले दिएको स्रोतको भनाइ छ ।

‘तपाईंहरू एमसीसीको विपक्षमा मतदान गर्ने र सरकारमा बसिरहन मिल्दैन,’ प्रचण्डलाई प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘यदी एमसीसीको विपक्षमा मतदान गरेर सरकार बसे म तपाईँको पार्टीका मन्त्रीलाई बर्खास्त गर्छु ।’

यसअघि, बुधबार प्रधानमन्त्रीको सूचना लिएर खुलमटार पुगेका गृहमन्त्री बालकृष्ण खाँणसँग पनि प्रचण्डले आफ्नो पार्टीले एमसीसीको विपक्षमा मतदान गर्ने र सरकारमा बसिरहने बताएका थिए । यसपछि गृहमन्त्री खाँण एमाले अध्यक्ष केपी ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका थिए ।

बुधबार गृहमन्त्री खाँणमार्फत् प्रधानमन्त्रीलाई पठाएको सन्देशअनुसार नै बिहीबार देउवासँग प्रचण्डले एमसीसीको विपक्षमा मतदान गर्ने र सरकारबाट नबाहिरिने प्रस्ताव गरेका हुन् ।

यसैबीच, बिहीबार अपरान्ह प्रधानमन्त्री देउवासहित काँग्रेसका शीर्ष नेता र अध्यक्ष ओलीसहित एमाले शीर्ष नेताबीच भेटवार्ता भएको छ ।

एमसीसीमाथि छलफल गर्ने गरी बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएपछि काँग्रेस र एमालेका शीर्ष नेताबीच भेटवार्ता भएको हो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार  ३ : ४९ बजे

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्

भोटेकोशी हिमबाढी : १५५ नेपाली स्वदेश फर्किए, ५ हजार अझै बेपत्ता

काठमाडाैं – भदौ १० गते नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको भोटेकोशी

युक्रेनविरूद्धको आक्रमण तीन दिनसम्म रोक्न राष्ट्रपति पुटिनको निर्देशन

किएभ – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी तीन दिनसम्म किएभमाथि

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

काठमाडौं – रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा

बाढी प्रभावित ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको आश्वासन : ‘हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित ज्येष्ठ नागरिकलाई आफूहरू