सदनलाई सहज रुपमा अघि बढाउनका लागि विभिन्न दलका नेताहरुसंग छलफल भइरहेको छ : गृहमन्त्री « Khabarhub

सदनलाई सहज रुपमा अघि बढाउनका लागि विभिन्न दलका नेताहरुसंग छलफल भइरहेको छ : गृहमन्त्री


१२ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारका गृहमन्त्री बालकृष्ण खाँणले सदनलाई सहज रुपमा अघि बढाउनका लागि विभिन्न दलका नेताहरुसंग छलफल भइरहेको बताएका छन् ।

बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै खाँणले सरकार सदन सुचारु गराउन चाहने भन्दै यसका लागि छलफल भइरहेको बताए । उनले सदनलाई सहज गराउने र प्रक्रियामा अगाडि बढेका प्रस्तावहरूलाई टुंगोमा पु-याउने  गरी कोसिस भइरहेको जानकारी दिए । उनले सरकारमा रहेका सबै घटकहरूले सरकारले ल्याएको प्रस्तावको पक्षमा मतदान गर्नुपर्ने धारणा राखे ।

त्यस्तै एमाले नेता योगेश भट्टराईले एमालेले उठाएका माग सम्बोधन नगरी सरकारलाई सहयोग गर्न नसकिने प्रष्ट पारे। उनले गठबन्धनकै कारण नेपालको अन्तर्राष्ट्रिय छवि बिग्रिएको पनि बताए । एमसीसी पारित गराउने दायित्व प्रतिपक्षी दलको नरहेको भन्दै भट्टराईले सरकारको मुख्य घटक नेपाली कांग्रेसले प्रतिपक्षसँग संवाद गर्न सकारात्मक पहल भएको जिकिर गरे ।

त्यस्तै नेकपा एकीकृत समाजवादी नेता जीवनराम श्रेष्ठले एमसीसीलाइ जवरजस्त अघि बढाउन नहुने र यसका लागि सदनलाई सूचारु गर्नुपर्ने धारणा राखे ।

त्यस्तै प्रतिपक्षको अवरोध हटाउन प्रधानमन्त्री र सभामुखले पहल गरौ भनेर कार्यव्यवस्थामा आफूहरुले नै सुझाव दिएको उनले बताए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार  ५ : ४८ बजे

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट