एमसीसीको विरोध उदयपुरमा प्रदर्शन, जिल्ला प्रशासन कार्यालय घेराउ « Khabarhub

एमसीसीको विरोध उदयपुरमा प्रदर्शन, जिल्ला प्रशासन कार्यालय घेराउ


१२ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– एमसीसीको विरोधमा ६ राजनीतिक दल र दुई मोर्चाले उदयपुर प्रशासन कार्यालय घेराउ गरेका छन् ।

एमसीसी सम्झौताले राष्ट्रियतामाथि आँच आउने हुनाले तत्काल खारेज गर्नुपर्ने माग राख्दै सम्झौताको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपा, नेकपा माले, नेकपा क्रान्तिकारी माओवादी, देशभक्त गणतान्त्रिक मोर्चा नेपाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, माओवादी मजदुर पार्टीले विरोध प्रदर्शनपछि जिल्ला प्रशासन कार्यालय घेराउ गरेका हुन् ।

नेपाली जनताको इच्छाविपरीत एमसीसी सरकारले जबरजस्ती सदनबाट पास गरे आन्दोलनले थप कडा रूप लिने नेकपाका केन्द्रीय सदस्य तथा उदयपुर ओखलढुङ्गा इन्चार्ज विवेक कुमालले चेतावनी दिए । उनले ५५ अर्बमा देश बेच्न लागिएको आरोप लगाएका छन् ।

एमसीसी नेपालको राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमिकता र नेपाली नागरिकको अधिकारविरुद्धमा रहेको कुमालको दाबी छ ।

नेकपा विप्लवका केन्द्रीय सदस्य तथा इन्चार्ज कुमालले नेपाली भूमिमा अमेरिकाले सुरक्षा गर्ने प्रावधानसहित आएको एमसीसी सम्झौता पारित गर्न नहुने बताएका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार  ८ : ३३ बजे

सभापति देउवासँग कुरा नमिलेपछि बाहिरिए महामन्त्रीद्वय थापा र शर्मा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा

टिपर दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट