काँग्रेस–एमाले बैठक निष्कर्षविहीन, ओलीको अडान कायमै « Khabarhub

काँग्रेस–एमाले बैठक निष्कर्षविहीन, ओलीको अडान कायमै


१२ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेस र नेकपा एमालेबीचको बैठक बिनानिष्कर्ष सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार राति भएको छलफलमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफ्नो अडान दोहो¥याएपछि बैठक निष्कर्षविहीन भएको हो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा टेबल भएको एमसीसी सम्झौता अधिकतम् सहमतिमा पारित गर्न प्रस्ताव गरेका थिए ।

जवाफमा नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले एमालेले संसद् अवरोधको कारण समाधान नभएसम्म नयाँ परिस्थिति नबन्ने जवाफ दिएका छन् ।

दुई पार्टीबीचको छलफल सकिएपछि नेपाली काँग्रेसका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् ।

बैठकमा प्रधानमन्त्री देउवा, काँग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा सहभागी भएका थिए । त्यस्तै, नेकपा एमालेबाट अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र सुवास नेम्वाङ सहभागी भएका थिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार  ९ : २६ बजे

श्रम निरीक्षणसम्बन्धी महासन्धि अनुमोदन

काठमाडौं–  प्रतिनिधिसभाको आजको बैठकले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को श्रम

फ्यानसेपको पोषण सुरक्षा कार्यक्रम : उत्पादनसँगै पोषण चेतना वृद्धि, दुई पालिकामा २२० समूह लाभान्वित

दोलखा– वैतेश्वर गाउँपालिका–५ मैनापोखरीस्थित कार्की गाउँका महिलाहरू अहिले घर आँगनमै

गणेश पराजुलीले भने- सरकारले कामै गरेन भन्नेको भ्रम चिर्दै अघि बढ्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वर्तमान सरकारले गरेका कामबारेमा

इङ्ग्ल्यान्ड-अर्जेन्टिना सेमिफाइनल प्रतिस्पर्धा ‘उच्च जोखिम’को, खेल नहुँदै फकल्याण्ड द्वीपसम्बन्धी झण्डा प्रदर्शन

काठमाडौं– फिफा विश्वकपअन्तर्गत इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबीच हुने सेमिफाइनल खेललाई प्रतियोगिताकै

उपत्यकाका अस्तव्यस्त तार साउन दोस्रो साताभित्र व्यवस्थापन गरिसक्न निर्देशन

काठमाडौं– काठमाडौं उपत्यकामा वर्षौंदेखि सडकका पोलमा गुजुल्टो परेर लत्रिएका तथा