गठबन्धन अहिले टुटेको छैनः प्रवक्ता कार्की (भिडियोसहित) « Khabarhub

गठबन्धन अहिले टुटेको छैनः प्रवक्ता कार्की (भिडियोसहित)


१२ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन नटुटेको बताएका छन् ।

बालुवाटारमा बिहीबार राति भएको नेपाली काँग्रेस र नेकपा एमालेबीचको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री कार्कीले अहिले नै गठबन्धन नटुटेको बताएका हुन् ।

उनले एमसीसीको प्रस्ताव गठबन्धन सरकारले ल्याएको पनि दाबी गरे ।

यो प्रस्ताव गठबन्धन नेतृत्वको सरकारले ल्याएकोले यसमा छलफल हुने उनको भनाइ छ ।

प्रवक्ता कार्कीले सरकारले ल्याएको प्रस्तावलाई यसरी मत विभाजन गर्न नहुने पनि तर्क गरे ।

भोलिको प्रतिनिधिसभा बैठकमा एमसीसीमाथि सैद्धान्तिक छलफल प्रारम्भ हुने र त्यसपछि यसमा गहन छलफल हुने पनि उनले बताए ।

यसअघि, बिहीबार नै नेपाली काँग्रेसका महामन्त्री गगन थापाले गठबन्धनको औचित्य सकिएको बताएका थिए ।

https://www.facebook.com/watch/?v=1128426377982722

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार  १० : ०५ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर