उद्धारको पर्खाइमा साउदीमा अलपत्र १२६ नेपाली « Khabarhub

उद्धारको पर्खाइमा साउदीमा अलपत्र १२६ नेपाली

पीडित भन्छन् : म्यानपावर सञ्चालकले झुक्याए



दोहा- रोजगारीका लागि साउदी अरब पुगेर अलपत्र परेका १२६ नेपाली युवाको अझै उद्धार हुनसकेको छैन्। काठमाडौँको सिनामंगलमा रहेको ब्लु ग्यालेक्सी ओभरसीज प्रालीमार्फत ५० दिनअघि उनीहरू साउदी पुगेका थिए।

अलपत्र कामदारले सम्झौता अनुसारको काम र तलब नपाएपछि करिव १८ दिनदेखि उद्धारको पर्खाइमा बसेका छन्। अलपत्र परेकामध्ये एक विनोद दहालका अनुसार अहिलेसम्म उनीलाई म्यानपावर सञ्चालकले आश्वासन मात्र दिएको छ। उनीहरुलाई ब्लु ग्यालेक्सीले चर्को शुल्क लिएर साउदीस्थित इस्टन कन्टक्सन मेनटीनेन्स कम्पनीमा पठाएको थियो।

ब्लु ग्यालेक्सीका रमेश अमगाइन र हिमहरि अर्याललाई प्रतिव्यक्ति १ लाख ८० हजारदेखि २ लाखसम्म बुझाएर उनीहरू साउदी पुगेका थिए। ब्लु ग्यालेक्सीले साउदी आर्मी क्याम्पभित्र क्लिनर र गार्डेनको कामका लागि भनेर साउदी पठाएको थियो। तर, त्यहाँ पुगेपछि सडक सरसफाइको काममा लगाएको उनीहरूले गुनासो गरेका छन्।

यसअघि मेनपावरका संचालक अर्यालले केही नेपालीलाई स्वदेश फर्काएको र बाँकी रहेका नेपालीको समस्या समाधान गर्न आफू चाँडै साउदी जान लागेको बताएका थिए। मिडियामा बोल्नेलाई मात्र स्वदेश फर्काएर आफूहरुलाई सौतेनी आमाको व्यवहार गरेको पीडितको गुनासो छ।

‘हामी करिव दुई महिना भयो यहाँ आएको मेनपवारले राम्रो कम्पनी भनेर पठाएको थियो, तर यहाँ आइपुगेपछि सम्झौता अनुसारको काम र तलब पाएनौ’, अर्का युवा सुजन तामाङले भने, ‘जो टाठो बाठो थिए उनीहरु नेपाल फर्किसके, हामी सोझा साझालाई म्यानपारवले वेवास्था गरेको छ।’

म्यानपावर संचालक अर्यालले आफूलाई आज आउछु, भोली आउछु भन्दै हप्तौ दिनसम्म पनि नआएको उनीहरुको भनाइ छ। विगत १८ दिनदेखि उद्धारको पर्खाइमा रहेका उनीहरु क्याम्प नम्बर १७ मा २८ जना र क्याम्प नम्बर १८ मा ९८ जना सबेका छन्।

लामो समयदेखि काम बिहीन भएर बस्दा खानाको लागि समस्या भएको भन्दै उनीहरुले तत्काल उद्धार गरिदिन सम्बन्धित निकायलाई अनुरोध गरेका छन्।

नाम मात्रको दूतावास

पीडितले रियादस्थित नेपाली दूतावासलाई पनि पटक–पटक आफूहरु समस्यामा परेको भन्दै उद्धारको अपिल गरेका छन्। तर, कुनै सुनुवाइ नभएको उनीहरुको गुनासो छ।

समस्यामा परेका नेपालीलाई सहयोग गर्न खोलिएको दूतावास आफूहरु समस्यामा पर्दा पनि मुखदर्शक भनेको उनीहरुले आरोप छ।

अलपत्र परेका नेपाली अहिले अलिअलि भएको पैसाले सुक्खा रोटी र पानी पिएर रातदिन कटाइरहेका छन्।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  ८ : ०३ बजे

काठमाडौँको बुद्धनगरमा एक पुरुषबाट आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार जारी

काठमाडौँ– काठमाडौँको बुद्धनगरमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।

अनुदान र प्रविधिको साथले चुलाचुलीमा व्यावसायिक मकैखेती

इलाम– केही वर्षअघिसम्म इलामको चुलाचुली गाउँपालिका–४ का अशोक राईका लागि

विपदका घटनासम्बन्धी हटलाइन नम्बर १२३४ सबै जिल्लामा विस्तार

काठमाडौँ– विपदसम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो,

मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी

म्याग्दी– प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई नयाँ आयाम दिने उद्देश्यका

निर्वाचन आयोगमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध उजुरी आह्वान

काठमाडौँ– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र