बंगलादेशलाई एक दिवसीय शृङ्खलाको ऐतिहासिक उपाधि « Khabarhub

बंगलादेशलाई एक दिवसीय शृङ्खलाको ऐतिहासिक उपाधि


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण अफ्रिका विरुद्धको एक दिवसीय क्रिकेट शृङ्खलाको उपाधि बंगलादेशले उचालेको छ। बुधबार राति भएको अन्तिम खेलमा बंगलादेशले अफ्रिकामाथि ९ विकेटको जित निकाल्दै उपाधि हात पारेको हो। यो बंगलादेशको ऐतिहासिक सफलता हो।

१५५ रनको मध्यम लक्ष्य बंगलादेशले सजिलै भेट्टाएको हो। एक विकेटको क्षतिमा २६ दशमलव ३ ओभरमा बंगलादेशले लक्ष्य पूरा गरेको थियो। बंगलादेशका लागि कप्तान तामिम इकबालले अविजित ८७ रनको अर्धशतकीय इनिंग्स खेले। लिट्टोन दासले ४८ रन बनाउँदा शाकिब अल हसन १८ रनमा नटआउट रहे।

पहिलो ब्याटिङ गरेको अफ्रिका ३७ ओभरमा १५४ रनमा अलआउट भएको थियो। अफ्रिकाका लागि जानेमन मालनले ३९, केशव महाराजले २८ र ड्वाने प्रेटोरियसले २० रन जोडे। अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  ८ : २३ बजे

रोहित शेट्टीको घरबाहिर मध्यरातमा चल्यो गोली

काठमाडौं– बलिउडका सफल फिल्म निर्देशक रोहित शेट्टीको मुम्बईस्थित घरबाहिर आइतबार

आर्थिक विषयलाई प्राथमिकता दिनुपर्नेमा अध्यक्षको ढकालको जोड

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलका

टोखाबाट १९ लाख रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं– टोखा नगरपालिका-३ बस्ने तिल सरा पुर्जाको घरबाट सुनका विभिन्न गरगहना

हत्या आरोपमा एकजना पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका-१० इखम्बु बस्ने ४७ वर्षीय लीला प्रसाद राईको हत्या

धोबी खोलो सफाइमा उत्रिए हर्कका समर्थक (तस्बिरहरू)

काठमाडौं– धरानबाट सुरु भएको हर्क साम्पाङको श्रमदान अभियान काठमाडौं प्रवेश