भक्तपुरमा औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार मेला हुने « Khabarhub

भक्तपुरमा औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार मेला हुने


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरमा छैटौँ भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार मेला हुने भएको छ ।

‘औद्योगिक शान्ति नेपाल संस्था’ र मध्यपुर ब्वाइज व्याण्डको संयुक्त आयोजनामा मेला हुन लागेको हो । ‘नयाँ वर्ष नयाँ सोच युवाको लागि छ प्रगतिको स्रोत’ नाराका साथ २४ चैतदेखि ४ वैशाखसम्म मेला हुन लागेको हो । 

मेला सल्लाघारी तीनकुनेमा हुनेछ । 

मेलाका लागि आवश्यक प्रक्रिया पूरा गरिसकेको आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले बताए । उनले अब तत्कालै यस क्षेत्रमा स्टल निर्माण कार्यका लागि तयारीमा जुटिसकेको जनाए ।

मेलामा २०० भन्दाबढी स्टल राखिने आयोजकले जनाएको छ। स्टलको साइजअनुसार कम्तीमा  ६ हजारदेखि १९ हजार ५०० सम्म शुल्क लिएर स्थानीय व्यापारीलाई समेत स्टल उपलब्ध गराइने छ । 

मेलामा करिब ३ लाख उपभोक्ताको आगमन हुने अनुमान गरिएको छ । करिब ८ करोडको कारोबार हुने अपेक्षा गरिएको छ ।
मेला संयोजक दीपक थापाले मेलामा बिक्री गरिने सामानमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको जनाए ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  १० : ०१ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र