ल्याबमा ’ह्यारी कि प्यारी’ « Khabarhub

ल्याबमा ’ह्यारी कि प्यारी’


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चलचित्र ’ह्यारी कि प्यारी’ को छायांकन सकिएको छ । साढे दुई दशकदेखि लण्डनको दन्त चिकित्साको क्षेत्रमा लोकप्रियता कमाएका डा. कपिल रिजालको निर्देशनमा तयार भइरहेको रोमान्टीक कमेडी फिल्म ह्यारी कि प्यारीको इन्ड–क्ल्याप गर्दै छायांकन सकिएको बताइएको छ । छायांकन सकिएलगतै फिल्म पोस्ट प्रोडक्सनका लागि ल्याब छिरेको छ ।

पर्वतबाट सुरु गरिएको फिल्मको छायांकन करिब डेढ महिनामा सकिएको निर्देशक डा. रिजालले जानकारी गराएका छन् । एक समयमा फ्याम्ली ड्रामा बनाएर दर्शकको मनमा स्थान बनाएका निर्माता तथा गायक एवं गीतकार डा. भोला रिजालको बीआर प्रोडक्सनको ब्यानरमा दुई दशकको अन्तरालपछि ’ह्यारी कि प्यारी’ निर्माण भएको हो ।

लण्डनमै रहेर अंग्रेजी भाषाका सर्ट फिल्महरू गिल्ट, साइलेन्स र कर्मा बनाइसकेका कपिलको फिचर फिल्म भने ’ह्यारीकि प्यारी’ डेब्यु हो । फिल्ममा जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाह शीर्ष भूमिकामा छन् । फिल्ममा जितु ह्यारी र साम्राज्ञी उनको प्यारीका रूपमा देखिने छन् ।

जितु र साम्राज्ञीका साथमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायतका कलाकारले यसमा अभिनय गरेका छन् ।

फिल्ममा पटकथा र संवाद सुदीप बराल, गिरीराज घिमिरे, डा. कपिल रिजाल र अभिमन्यू निरवी, गीत डा. भोला रिजाल, संगीत शिखर सन्तोष र युग भुषाल, गायन सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशी, कोरियाग्राफी कविराज गहतराज, छायांकन निर्देशन सुदीप बराल र सम्पादन अर्जुन जिसीको रहनेछ । फिल्म रिलिजबारे केही बताइएको छैन ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  १२ : १७ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको