चिनियाँ विदेशमन्त्री अफगानिस्तानमा « Khabarhub

चिनियाँ विदेशमन्त्री अफगानिस्तानमा


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ विदेशमन्त्री वाङ यी एकाएक अफगानिस्तान पुगेका छन् । इस्लामिक मुलुकहरुको समूह अर्गनाइजेशन अफ इस्लामिक कोअपरेसनको सम्मेलनमा भाग लिन पाकिस्तान गएका उनी पूर्वघोषणा बेगर नै एकाएक अफगानिस्तानको राजधानी काबुल पुगेका हुन् ।

दक्षिण एसियाली मुलुकहरुको भ्रमणमा निस्केका उनको पाकिस्तानपछि भारतको राजधानी नयाँ दिल्ली पुग्ने कार्यक्रम थियो । दिल्ली भ्रमण सकेर उनी नेपाल आउने बताइएको थियो ।

यद्यपि उनले पाकिस्तानमा रहँदा जम्मू कश्मीरका विषयमा विवादित बयान दिएको भन्दै भारतले आलोचना गरेपछि उनी एकाएक काबुल पुगेका हुन् । यस भ्रमणलाई गत वर्षको अगष्ट महिनामा इस्लामिक लडाकु तालिबानले सत्ता कब्जा गरेयता चिनियाँ पक्षबाट अफगानिस्तानमा भएको उच्चस्तरीय भ्रमण रहेको बताइएको छ ।

पाकिस्तानमा रहँदा उनले जम्मू कश्मीरबारे विवादित बयान दिएका थिए । इस्लामिक मुलुकहरुको सम्मेलनमा उनले कश्मीरको मामिलामा चीन इस्लामिक मुलुकहरुको साथ रहेको टिप्पणी गरेका थिए ।

उनको टिप्पणीप्रति भारतले कडा प्रतिक्रिया जनाएको थियो । जम्मू कश्मीरको विषय भारतको आन्तरिक मामिला भन्दै चीनलाई यसबारे टिप्पणी गर्ने अधिकार नरहेको जनाएको थियो ।

वाङ यीले भारतको पनि भ्रमण गर्ने जनाएपनि यसबारे चिनियाँ र भारतीय पक्षबाट कुनै आधिकारिक जानकारी सार्वजनिक भइसकेको छैन ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  १ : १६ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र