एकीकृत सहरी विकास कार्यक्रममा बजेट थप्न मन्त्री झाँक्रीको आग्रह « Khabarhub

एकीकृत सहरी विकास कार्यक्रममा बजेट थप्न मन्त्री झाँक्रीको आग्रह


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले राष्ट्रिय योजना आयोगलाई एकीकृत सहरी विकास कार्यक्रमका लागि थप बजेट छुट्याउन आग्रह गरेकी छिन् । एकीकृत सहरी विकास नीतिको मस्यौदा अन्तिम चरणमा रहेको बताउँदै उनले सो कार्यक्रमका लागि थप बजेट आवश्यक रहेको बताएकी हुन् ।

बिहीबार मन्त्रालयमा आयोजित सघन सहरी विकास कार्यक्रमको निरन्तरतासम्बन्धी छलफलमा मन्त्री झाँक्रीले मन्त्रालयले केही नयाँ कार्यक्रमका लागि बजेटको पहल गरिरहेको बताइन् । ‘एकीकृत सहरी विकास कार्यक्रम नयाँ हो । यसलाई बजेटमार्फत यस वर्षको कार्यक्रम र बजेटमा समावेश गरेर अघि बढौं,’ उनले भनिन् ।

उनले मन्त्रालयले बनाउन लागेको युटिलिटी करिडोर ऐनको मस्यौदा अन्तिम चरण पुगेको बताउँदै मन्त्रालयले नयाँ कार्यक्रम ल्याउने विषयमा गृहकार्य गरिरहेको बताइन् ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वराज पौडेलले मन्त्रालयले सहरी सौन्दर्य बढाउने खालका कार्यक्रम अघि बढाउनुपर्ने धारणा राखे । मन्त्रालयले अघि सारेको योजनाको बारेमा आफू सकारात्मक रहेको बताउँदै पौडेलले सहरी क्षेत्रको सुन्दरता बढाउन पार्क, कृत्रिम ताललगायतका कार्यक्रमका लागि आयोग बजेट छुट्याउन तयार रहेको बताए ।

सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनालीले आगामी बजेटमा मेगा सिटी निर्माणका लागि बजेट थप्नुपर्ने बताए ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  ३ : १७ बजे

पुस्ता फेरियो बद्री पंगेनीको गीत गुनगुनाउने फेरिएनन्…

काठमाडौं – सामाजिक सञ्जालका ‘मिम’ (जोक्स) पेजहरूमा अहिले एउटा पोस्ट

मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण

मुस्ताङ– प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गरेर वैकल्पिक मार्ग

भोजपुरमा मतदाता शिक्षा कार्यक्रम सुरु

भोजपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित

मेची भन्सार कार्यालय : पेट्रोलियम आयतबाट पाँचमहिनामा करिब ४ अर्ब राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो

हर्क साम्पाङले पार्टीबाट कारबाही गरेका मित्र परियार नेकपाको समानुपातिक सूचीमा !

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङले कारबाही गरेका