गाउँसँग जोड्न ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ « Khabarhub

गाउँसँग जोड्न ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ वैशाख ५ गते देखि ७ गते सम्म हुने भएको छ । सेलिब्रेटी नेपालको आयोजनामा हुने महोत्सव गोरखा जिल्लाको लाप्राकमा हुने आयोजकले जनाएको छ । चलचित्र विकास बोर्डको सहकार्यमा हुन लागेको महोत्सवमा नेपाली मौलिक ग्रामिण विषयवस्तु समेटिएका फिल्मलाई यस महोत्सवमा समेट्ने आयोजकले जनाएको छ । महोत्सव हुने जानकारी दिएसँगै दर्ता प्रक्रिया समेत सुरु भएको र [email protected] मा इमेल गरेर दर्ता गर्न सकिने आयोजकले जनाएको छ ।

पर्यटन प्रवर्द्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पुर्‍याउने उद्धेश्यका साथ उक्त महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष रघुनाथ सापकोटाले जनाएका छन् । महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी सर्ट फिल्म, डकुमेन्ट्री, फिचर फिल्म र भाषाभाषीका फिल्म सहभागी हुनेछन् । जुरी टिमले छनोट गरेका फिल्महरु अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गर्ने र उत्कृष्ट फिल्मलाई अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । यसका साथै त्यहाँ प्रदर्शन गरिने फिल्महरुसँग सम्बन्धित फिल्मकर्मी र दर्शक बीच अन्तरक्रिया गराउने समेत सापकोटाले बताए । उनले वर्कशपसँगै उत्कृष्ट हुने फिल्मलाई अवार्ड समेत प्रदान गरिने बताए ।

कार्यक्रम गरिने क्षेत्र लाप्राकको साँस्कृतिक तथा त्यहाँको पर्यटकीय क्षेत्र समेट्ने विभिन्न प्रस्तुति समेत रहने जनाइएको छ । नेपाली मौलिक फिल्म, फिल्मकर्मी र स्थानीय पर्यटकीय स्थलको प्रचारप्रसार तथा प्रवर्द्धन गर्नु, नेपाली आम दर्शकलाई नेपाली मौलिक फिल्म प्रति आकर्षित गराउनु र नियमित फिल्म हेर्ने बानी बसाल्नु, नेपाली समाजका मौलिकता बोकेका र ग्रामीण कथामा बनेका फिल्महरुलाई स्वदेशी तथा विदेशी दर्शकमाझ पुर्‍याउनु र स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नु महोत्सवको मुख्य उद्धेश्य रहेको महोत्सव अध्यक्ष सापकोटाले बताए । उनले यस किसिमको गतिविधि र महोत्सव सहर केन्द्रित भइरहेकाले पनि यस महोत्सवलाई ग्रामिण केन्द्रित गरिएको बताए ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  ३ : २८ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित