गठबन्धन निर्वाचनसम्म निरन्तर रहन्छ : प्रधानमन्त्री | Khabarhub Khabarhub

गठबन्धन निर्वाचनसम्म निरन्तर रहन्छ : प्रधानमन्त्री


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन निर्वाचनसम्म निरन्तर रहने बताएका छन् ।

नेपाली कांग्रेस तनहुँले पार्टी कार्यालय दमौलीमा बिहीबार आयोजित कार्यक्रममा देउवाले गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा जाने बताएका हुन् ।

उनले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसम्म पनि गठबन्धन गर्न जरुरी रहेको उल्लेख गरे । ‘गठबन्धनलाई सँगै लैजान जरुरत छ । स्थानीय निर्वाचनमा मात्रै हैन प्रदेश र राष्ट्रिय निर्वाचनमा पनि गठबन्धन भएमा मात्रै विजयी हुन्छौ’, उनले भने ।

निर्वाचनमा गठबन्धनमा आबद्ध पार्टीहरूलाई पनि उचित स्थान दिनुपर्ने उनको भनाइ छ । ‘किनकि उहाँहरूको योगदानलाई बिर्सन हुँदैन । प्रधानमन्त्री हुन धेरै पार्टीका साथीहरू लालायित थिए’, उनले भने ।

प्रजातन्त्र बचाउन राष्ट्रिय एकतालाई जोड दिनुपर्ने देउवाले बताए । तनहुँ ऐतिहासिक थलो भएकाले कांग्रेस एकजुट भएर लाग्नुपर्ने उनको भनाइ थियाे ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  ३ : ३८ बजे

आफ्नै राजनीतिक विरासत जोडिएको मदन भण्डारी फाउन्डेसनलाई किन गाली गर्दैछन् ओली ?

काठमाडौं- नेकपा (एमाले) भित्र अस्तित्वको लडाइँ लड्दाको समयदेखि साथ दिएकी

कर्मचारी खटनपटनमा गृहको कडाइ : शाखा अधिकृतसहित दुई कर्मचारीको गैलकट्टी

काठमाडौं– गृह मन्त्रालयले खटाएको ठाउँमा नजाने कर्मचारीको मंगलबार गैलकट्टी गरेको

कोशीको एमाले बैठकमा बस्नेतले भने- विद्या भण्डारीको अपमान गर्न पाइँदैन, सदस्यता रोक्ने निर्णय सच्याऊँ

काठमाडौं- धनकुटाको हिलेमा जारी नेकपा एमालेको कोशी प्रदेश कमिटी बैठकमा

बागमतीका मुख्यमन्त्री बानिँयाले पाए विश्वासको मत

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानिँयाले विश्वासको मत पाएका