नेपाली कामदारलाई कम पारिश्रमिक दिने अष्ट्रेलियाको रेष्टुरेन्टलाई जरिवाना « Khabarhub

नेपाली कामदारलाई कम पारिश्रमिक दिने अष्ट्रेलियाको रेष्टुरेन्टलाई जरिवाना


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अष्ट्रेलियामा नेपाल लगायतका मुलुकका कामदारलाई निकै कम पारिश्रमिक दिएको ठहर गर्दै अदलतले एउटा रेष्टुरेन्टलाई जरिवाना तिराएको छ ।

अष्ट्रेलियाको संघीय सर्किट अदालतले तास्मानिया टापुको होबार्ट शहरस्थित ह्यारिङ्टन स्ट्रिटमा रहेको लिटिल इण्डिया नामक रेष्टुरेन्टलाई ४२ हजार ३ सय ३६ डलर जरिवाना तिराएको हो । फेयर वर्क ओम्बुड्सम्यान नामक स्वतन्त्र सरकारी निकायलाई उद्धृत गर्दै अष्ट्रेलियाबाट प्रकाशित हुने नेपालट्युब अनलाइनले जनाएअनुसार यो रेष्टुरेन्टले कामदारलाई १० डलर प्रतिघण्टामात्रै पारिश्रमिक दिँदै आएको थियो ।

उक्त निकायका अनुसार सन् २०१७ देखि सन् २०१९ सम्म उक्त रेष्टुरेन्टले १७ कामदारलाई काममा लगाएबापत ६३ हजार डलर भन्दा धेरै रकम नदिएको अदालतको ठहर छ ।

कम पारिश्रमिक पाउनेमा नेपालीसहित भारतीय र स्थानीय कामदार पनि छन् । भविष्यमा अरु व्यापारिक संस्थालाई यस्तो कार्य गर्नबाट निरुत्साहित गर्नका लागि यस्तो फैसला सुनाइएको अदालतकी उपप्रधान न्यायाधीश प्याट्रिजिया मर्कुरीले बताइन् ।

अष्ट्रेलियामा अरु आप्रवासी कामदारले पनि यस्तै समस्या भोगिरहेको भए फेयर वर्क ओम्बुड्सम्यानलाई सम्पर्क गर्न समेत आह्वान गरिएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  ४ : ०१ बजे

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

काठमाडौं– किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन

भोटेकोशी बाढीको एघारौं दिन : विद्युत् पूर्वाधार र सुरुङ उद्धार अभियानलाई तीव्र पारियो

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विद्युत् पूर्वाधारमा ठूलो

खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी

काठमाडौं– सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको मौलिक एवं प्रमुख सांस्कृतिक पर्व

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर प्रदर्शन

काठमाडौं– प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौँस्थित

भक्तपुर पर्यटनको ३२ वर्ष : ५२ लाखभन्दा बढी पर्यटक घुमे

भक्तपुर– भक्तपुरको पर्यटनको इतिहास ३२ वर्ष नाघेको छ । भक्तपुर