नेपाली कामदारलाई कम पारिश्रमिक दिने अष्ट्रेलियाको रेष्टुरेन्टलाई जरिवाना « Khabarhub

नेपाली कामदारलाई कम पारिश्रमिक दिने अष्ट्रेलियाको रेष्टुरेन्टलाई जरिवाना


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अष्ट्रेलियामा नेपाल लगायतका मुलुकका कामदारलाई निकै कम पारिश्रमिक दिएको ठहर गर्दै अदलतले एउटा रेष्टुरेन्टलाई जरिवाना तिराएको छ ।

अष्ट्रेलियाको संघीय सर्किट अदालतले तास्मानिया टापुको होबार्ट शहरस्थित ह्यारिङ्टन स्ट्रिटमा रहेको लिटिल इण्डिया नामक रेष्टुरेन्टलाई ४२ हजार ३ सय ३६ डलर जरिवाना तिराएको हो । फेयर वर्क ओम्बुड्सम्यान नामक स्वतन्त्र सरकारी निकायलाई उद्धृत गर्दै अष्ट्रेलियाबाट प्रकाशित हुने नेपालट्युब अनलाइनले जनाएअनुसार यो रेष्टुरेन्टले कामदारलाई १० डलर प्रतिघण्टामात्रै पारिश्रमिक दिँदै आएको थियो ।

उक्त निकायका अनुसार सन् २०१७ देखि सन् २०१९ सम्म उक्त रेष्टुरेन्टले १७ कामदारलाई काममा लगाएबापत ६३ हजार डलर भन्दा धेरै रकम नदिएको अदालतको ठहर छ ।

कम पारिश्रमिक पाउनेमा नेपालीसहित भारतीय र स्थानीय कामदार पनि छन् । भविष्यमा अरु व्यापारिक संस्थालाई यस्तो कार्य गर्नबाट निरुत्साहित गर्नका लागि यस्तो फैसला सुनाइएको अदालतकी उपप्रधान न्यायाधीश प्याट्रिजिया मर्कुरीले बताइन् ।

अष्ट्रेलियामा अरु आप्रवासी कामदारले पनि यस्तै समस्या भोगिरहेको भए फेयर वर्क ओम्बुड्सम्यानलाई सम्पर्क गर्न समेत आह्वान गरिएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  ४ : ०१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै