टर्किस ड्रामाकी अभिनेत्रीले भित्री वस्त्रको विज्ञापन खेलेपछि पाकिस्तानमा रोइलो « Khabarhub

टर्किस ड्रामाकी अभिनेत्रीले भित्री वस्त्रको विज्ञापन खेलेपछि पाकिस्तानमा रोइलो


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय नेपालमा पनि टर्किस नाटकहरु लोकप्रिय बन्दै गइरहेका छन् । नेपाली युवापुस्ताको एउटा जमातमा टर्किस ड्रामाको खुबै फ्यान फलोइङ छ ।

यस्तै ‘एर्तुग्रुल’ नामक टर्किस ड्रामाले केही वर्षअघि पाकिस्तानी टेलिभिजन क्षेत्रमा पनि ठूलो चर्चा कमाएको थियो । उस्मानी साम्राज्यका संस्थापक ओसमान गाजीका बाबु भनी विश्वास गरिने एर्तुग्रुल गाजीको जीवनीमा आधारित यो ऐतिहासिक टर्किस ड्रामा उर्दू भाषामा पाकिस्तानी टेलिभिजनमा रिलिज भएपछि यसको चर्चा अझ चुलिन पुग्यो ।

यो टर्किस ड्रामा फेरि चर्चाको शिखरमा छ । तर अहिले यो चर्चामा आउनुको कारण भने केही अपत्यारिलो छ । एर्तुग्रुलमा एर्तुग्रुल गाजीकी श्रीमती हालिमे हातुनको भूमिका निभाएकी अभिनेत्री एर्जा बिल्गचले भित्री वस्त्रको विज्ञापन खेलेपछि एर्तुग्रुलका पाकिस्तानी फ्यानहरु आक्रोशित भएका हुन् ।

उनले फेसन ब्राण्ड भिक्टोरिया सिक्रेटको भित्री वस्त्रको विज्ञापन खेलेकी थिइन् । यसबारे उनले सामाजिक सञ्जालमा तस्वीर पोष्ट गरेपछि सामाजिक सञ्जालका पाकिस्तानी प्रयोगकर्तामाझ उनले खेलेको विज्ञापनलाई लिएर खैलाबैला नै मच्चियो ।

‘हे ईश्वर ! एर्तुग्रुल भाइको नाक काट्यौ’ एकजना पाकिस्तानी सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन् । अर्का प्रयोगकर्ताले ‘समुदायको इज्जत तिम्रै हातमा थियो, हालिमे’ लेखेका छन् ।

अर्का प्रयोगकर्ताको टिप्पणी छ, ‘हालिमे यो के गर्दैछौ ? एर्तुग्रुल सरदारले तिमीसँग यसैका लागि बिहे गरेका थिए ? तिम्रा छोरा ओसमान बेले अविश्वासीहरुसँग बहादुरीपूर्वक लडेका थिए र तिमी यहाँ यो गरिरहेकी छौ ? ईश्वरले माफ गरुन्, ईश्वरले माफ गरुन् ।’

 

तस्वीर- इन्स्टाग्राम

अरु केही प्रयोगकर्ताले भित्री वस्त्रको विज्ञापन सुट गर्दा खिचेको तस्वीर सामाजिक सञ्जालबाट डिलिट गर्न समेत रोइलो गरेका छन् । यस्ता कमेन्टले उनका अरु केही फ्यानलाई भने लाजमर्दो महसुस भएको छ र कतिले उनीसँग माफी समेत मागेका छन् ।

यता अभिनेत्रीले भने पाकिस्तानी फ्यानको यस्तो कमेन्ट देखेर प्रतिक्रिया दिएकी छिन् । सामाजिक सञ्जालमा उनले लेखेकी छिन्, ‘प्रिय पाकिस्तानीहरू, यो टर्की हो, पाकिस्तान होइन ।’

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  ५ : ०२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना