चिनियाँ ऋणले थिचिएको श्रीलंकाले गरेको सहयोगको प्रस्ताव अस्वीकार « Khabarhub

चिनियाँ ऋणले थिचिएको श्रीलंकाले गरेको सहयोगको प्रस्ताव अस्वीकार


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– आर्थिक संकटमा परेको श्रीलंकाले ऋणमा पुनरावलोकन गर्नका लागि गरेको प्रस्ताव चीनले अस्वीकार गरेको छ ।

चीनबाट विगतमा लिएको ऋणका कारण पनि श्रीलंका समस्यामा पर्दै आएको छ । यही ऋणमा पुनर्विचार र पुनःनिर्धारणका लागि श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले गरेको आग्रहलाई चीन सरकारले अस्वीकार गरेको हो ।

राजापाक्षेले आफूहरू संकटमा परेकाले सहयोग गर्न भन्दै गरेको आग्रहलाई चिनियाँ विदेशमन्त्री वाङ ईले कुटनीतिक जवाफ दिएर अस्वीकार गरेको हङकङ पोष्टले जनाएको छ ।

श्रीलंकामा आर्थिक संकट बढेपछि उपभोग्य सामग्री, इन्धनलगायतको अभाव हुन थालेको छ ।

श्रीलंका चीनको ऋणले थिचिएपछि म्यानमार, मलेसिया र नेपालले पनि चिनियाँ परियोजनाहरू अगाडि नबढाउन खोजेको हङकङ पोष्टले जनाएको छ ।

श्रीलंकाले चीनबाट करिब ८ अर्ब डलर ऋण लिएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  ५ : २४ बजे

भोटेकोशी बाढी : अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले बाढीपहिरो तथा प्राकृतिक विपद्का कारण बेपत्ता नागरिकको

बाढीपीडितका लागि टप एन्ड टी–२० सिरिजमार्फत सहयोग अभियान

काठमाडौं- अष्ट्रेलियाको डार्विनमा जारी टप एन्ड टी–२० सिरिजमार्फत रसुवाको भोटेकोशीमा हालै

रुस, चीन र इरानका नेताहरू एससीओ शिखर सम्मेलनमा सहभागी हुँदै

एजेन्सी– रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङसहित

भोटेकोशी बाढी : मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १७१

रसुवा सडक सञ्जालसँग पुनः जोडियो

काठमाडौं– भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीका कारण अवरुद्ध