ठूला दललाई भोट दिएर हाम्रो भावी सन्ततिको भविष्य बर्बाद नगरौँः लिङ्देन « Khabarhub

ठूला दललाई भोट दिएर हाम्रो भावी सन्ततिको भविष्य बर्बाद नगरौँः लिङ्देन


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आगामी निर्वाचनमा काँग्रेस, एमाले र माओवादीलाई भोट दिएमा देश बर्बाद हुने बताएका छन् ।

बिहीबार गोरखा सदरमुकाममा भएको राप्रपाको आमसभामा अध्यक्ष लिङ्देनले यी पार्टीहरूलाई भोट दिएर विगतमा गरेको गल्ती नदोहोर्‍याउन पनि आग्रह गरेका छन् ।

‘३१ वर्षदेखि केही सीमित राजनीतिक दल र तिनका सीमित नेताको चक्रव्यूहमा देशसँगै हामी पनि फसेका छाैँ,’ उनले भने, ‘अबको चुनावमा पनि त्यही दलहरूलाई भोट दिने हो भने हामी बर्बाद हुने मात्र होइन हाम्रो भावी सन्ततिको भविष्य पनि बर्बाद हुन्छ ।’

काँग्रेस, एमाले र माओवादीले चुनाव जितेर देश बनाउँछ भन्नु साँढेको टाङमुनि बाल्टी थाप्नु जस्तै भएको लिङ्देनले टिप्पणी गरे ।

‘साँढेको टाङमुनि बाल्टी थापेर दूध आउँछ ? साँढेले दूध दिएन भनेर त्यसलाई सुम्सुम्याउँदा हुन्छ ? खान पुगेन भनेर दाना थपिदिदाँ दूध आउँछ ? साँढेको धर्म नै दूध दिने होइन कसरी आउँछ, त्यसैले ठूला भनिने दललाई भोट दिएर देश बन्छ भन्नु पनि त्यस्तै हो,’ उनले भने ।

ठूला भनिएका राजनीतिक पार्टीले देशलाई भिख माग्ने बनाएको भन्दै उनले एमसीसी पास गर्नु गलत भएको तर्क गरे ।

सभामा राप्रपाका केन्द्रीय उपाध्यक्ष हेमजंग गुरुङ, महामन्त्री कुन्तीकुमारी शाही, प्रवक्ता मोहन श्रेष्ठ र ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य रेखा थापा, प्रवास आईसीसी संयोजक प्रेमकुमार श्रेष्ठ, केन्द्रीय सदस्यहरू रामराजा कोइराला, लोकनाथ तिवारीलगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  ८ : ३४ बजे

२५ अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

काठमाडौँ– चालु आर्थिक वर्षको प्रथम ११ महिनामा २५ अर्ब ५५

ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले सवारी नियम उल्लंघनमा एकै दिन दुई हजार

कोलम्बिया विश्वकपको अघिल्लो चरणमा : संघर्षपूर्ण खेलमा कंगो १–० ले पराजित

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा

रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी, नामावली प्रकाशनमा ढिलाइ

चितवन– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा ९९

आफ्नै दममा फिल्म हिट बनाउन सक्ने जितु

काठमाडौँ- अब भन्दा फरक पर्दैन- जितु नेपालले बनाएको ‘आई एम