स्थानीय तह निर्वाचन : मनोनयन दर्ता आज र भोलि « Khabarhub

स्थानीय तह निर्वाचन : मनोनयन दर्ता आज र भोलि


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – यही वैशाख ३० का लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समय तोकिएको छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका बमोजिम भोलि नै मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने र पर्सि वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने तय गरिएको छ ।

वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ।

देशका ७५३ वटै स्थानीय तहहरूमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको कार्यालय स्थापना भई कार्यसञ्चालन र मतदान केन्द्रमा प्रयोग हुने सामग्री पठाउने कार्य निरन्तर भइरहेको छ।

सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा तोकिएबमोजिमको प्रक्रिया पूरा गरी उम्मेदवारको मनोनयन दर्ता गर्न सक्ने भएकाले यसबाट उम्मेदवारको मनोनयन दर्ता प्रक्रिया सहज, सरल र शान्तिपूर्णरूपमा समयमा नै सम्पन्न हुने विश्वास आयोगले लिएको छ ।

निर्वाचनका लागि सबै तयारी व्यवस्थित र प्रभावकारी ढङ्गले भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ६ : ४७ बजे

मेघालय कोइलाखानी विस्फोट : खोटाङका तीनजनाको मृत्यु, एक जना बेपत्ता

खोटाङ– भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटको घटनामा खोटाङका तीन युवकले

नवलपरासीको अग्यौलीमा तीन मोटरसाइकल ठोक्किए, एकजनाको मृत्यु, दुई घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को अग्यौलीमा तीन मोटरसाइकल एकआपसमा ठोक्किँदा एक

कैफियत देखिएपछि जरिवाना

काठमाडौं– नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा

ज्येष्ठ नागरिकसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनमा जोड

गण्डकी– जिल्ला समन्वय समिति, कास्कीद्वारा आइतबार पोखरामा आयोजित ज्येष्ठ नागरिकसम्बन्धी

कोरला नाकाबाट भित्रिएको अवैध सामान बरामद

मुस्ताङ– माथिल्लो मुस्ताङस्थित कोरला नाकाबाट भित्रिएको अवैध सामान बरामद गरिएको