स्थानीय तह निर्वाचनको घोषणापत्र आज सार्वजनिक गर्दै कांग्रेस | Khabarhub Khabarhub

स्थानीय तह निर्वाचनको घोषणापत्र आज सार्वजनिक गर्दै कांग्रेस


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि तयार घोषणापत्र आज सार्वजनिक गर्दैछ ।

लोकतन्त्रक दिवसको अवसर पारेर कांग्रेसले घोषणापत्र सार्वजनिक गर्न लागेको हो । महामन्त्री गगनकुमार थापा संयोजक रहेको स्थानीय तह निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिले घोषणापत्र तयार गरेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा मध्यान्ह घोषणापत्र सार्वजनिक गरिने केन्द्रीय सदस्य बहादुरसिंह लामाले जानकारी दिए । घोषणापत्रमा शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षालगातका कार्यक्रमलाई प्राथमिकताका साथ समेटिएको बताए ।

महामन्त्री थापा नेतृत्वको घोषणापत्र तयारी समितिमा यसअघि स्थानीय तहमा अनुभवप्राप्त जनप्रतिनिधिसँगै विकास तथा पूर्वाधार विज्ञ, अर्थ विज्ञलगायत सहभागी थिए ।

यसअघि नेकपा एमाले, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राप्रपा, राप्रपा नेपाल लगायत दलले घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ७ : १४ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका