लमजुङमा तीन दिन दैनिक ९ घण्टा विद्युत आपूर्ति बन्द « Khabarhub

लमजुङमा तीन दिन दैनिक ९ घण्टा विद्युत आपूर्ति बन्द


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङमा तीन दिन विद्युत आपूर्ति बन्द हुने भएको छ । आज आइतबारबाट मंगलबारसम्म हरेक दिन बिहान ७ बजेबाट अपराह्न ४ बजेसम्म विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रले जनाएको छ ।

वैशाख ११ गते आइतबारबाट १३ गते मंगलबारसम्म बिहान ७ बजेबाट बेलुका ४ बजेसम्म ११ केभी बेंसीशहर फिडर सटडाउन गर्ने केन्द्र प्रमुख यमकुमारी गुरुङले बताइन् ।

उनका अनुसार बेंसीशहर फिडरबाट विद्युत वितरण हुँदै आएको बेसीशहर नगरपालिका, मर्स्याङदी गाउँपालिका र क्व्होलासोंथर गाउँपालिकाका सम्पूर्ण क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने छ ।

बेसीशहर नगरपालिका १ दलालस्थित २२० केभी प्रसारण लाइन आयोजनाको तार तान्ने कार्य गर्नुपर्ने भएको र उक्त लाइनमा बेसीशहर फिडर क्रसिङ पर्ने भएकाले लाइन काटिने भएको हो ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ८ : ५३ बजे

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वोङबीच भेटवार्ता

न्यूयोर्क – परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङबीच

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द

चितवन : पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी

विपद्पछिको पुनर्निर्माणमा अस्ट्रेलिया नेपालको साथमा छ : अस्ट्रेलियाली प्रधानमन्त्री

न्यूयोर्क – अस्ट्रेलियाका प्रधानमन्त्रीले विनाशकारी बाढी र पहिरोबाट सिर्जित संकटसँग

पहिरोले बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक – अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध

शुक्रबार बिहानैदेखि देशका अधिकांश भागमा वर्षा, धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले