'देशभर सत्ता गठबन्धनको शानदार विजय हुन्छ' | Khabarhub Khabarhub

‘देशभर सत्ता गठबन्धनको शानदार विजय हुन्छ’

‘ओलीले अब दुई चार ठाउँ जितेर देखाऊन्’



स्थानीय चुनावको मिति नजिकिँदै छ । दलहरूबीच देशका मुख्य महानगर र उपमहानगरमा तालमेल पनि छ । सत्तारुढ दलहरूबीच आपसी तालमेल गरेर चुनावमा जाने निर्णयमा केन्द्रीय रुपमा महानगर र उपमहानगरको विषयमा भागबण्डा पनि भइसकेको छ । देशभर सत्ता गठबन्धनले गर्न प्रयास गरिरहेको तालमेलले सत्ताधारी अरु घटकलाई दिने फाइदा र चुनौतिका विषयमा नेकपा एकिकृत समाजवादीका उपमहासचिव डा. गंगालाल तुलाधरसँग खबरहबका लागि लक्ष्मण फुयालले गरेको कुराकानीको सम्पादित अंशः

पार्टीको संगठन निमार्णकै क्रममा स्थानीय तहको चुनाव आइसकेको छ । नेकपा एकिकृत समाजवादीको चुनावको तयारी कस्तो छ ?

चुनावको तयारी भव्य छ । हामी लोकतन्त्रवादी शक्ति हौँ । हरेक निर्वाचनलाई महाउत्सवको रूपमा लिने गर्दछौँ । आफ्नो संगठन विस्तारको निम्ति पनि एउटा महान् अवसर हो, स्थानीय निर्वाचन । हाम्रो पार्टी कार्यकर्ताहरूमा उत्साह छ । यो पटक हामी जनतामा गएर निर्वाचित भएर सानदार विजय हासिल गरेर नेकपा एमालेभन्दा ठुलो पार्टी बन्ने उत्साहको साथ हाम्रो साथीहरूले काम गरिरहनु भएको छ । कार्यकर्ता साथीहरू लागि रहनु भएको छ । हामीले भर्खरै १५ दिने अभियान पनि सम्पन्न गर्‍यौ । १५ दिने अभियान जनतामा जाउँ एकीकृत समाजवादीलाई जितायौँ नारा लिएर गएका थियौ । यसमा हाम्रो सम्पूर्ण नेताहरु स्थायी कमिटीका सदस्यहरू, पोलिटव्यूरोका सदस्य, केन्दीय सदस्यहरू लगायत लाखौँ पार्टीका साथीहरु खटिएका छन् । त्यसले एउटा माहोल सिर्जना गरेको छ । हाम्रो पार्टीले सानदार विजय हासिल गर्छ भन्ने विश्वासको साथ हामी अगाडि बढिरहेका छौँ ।

तपाईको पार्टीले कुन मापदण्डका आधारमा उम्मेद्वार टुंग्याउँदैछ ?

हाम्रो उम्मेदवारको प्रमुख मापदण्डमा जनतामा कति लोकप्रिय व्यक्ति पर्छन् । कुनै पनि दाग नलागेको, स्वच्छ छवि, जनताको माझमा जीवनभर खटिएको, विद्रोहमा साथ दिएको, पार्टीको हरेक निर्देशन पालना गर्ने, कान्तिकारी मूल्य मान्यता अडानका साथ अगाडि बढ्ने, पार्टीको आदेशलाई चट्टानी दृढताकासाथ आफ्नो उदेश्य प्राप्तिमा लागिरहने कार्यकर्ताहरु उम्मेदवारको मापदण्डभित्र पर्दछन् । यस्ता व्यक्तिहरूको खोजी भएको छ । यसै प्रकारको थुप्रै कार्यकर्ताको सूचि आएको छ ।

नेकपा एकिकृत समाजवादी पार्टीले महत्वकांक्षी घोषणापत्र सार्वजनिक गरेको छ । यो कार्यान्वयन गर्न सक्ने आधारहरु के के हुन् ?

हामीले घोषणापत्र समाजवादलाई लक्षित गरेर निकालेको हौँ । समाजवादको आधार तयार गर्नुपर्छ भन्दै हामी लागेका हौँ। २०६२-२०६३ को जनक्रान्तिले २४० वर्षको राजतन्त्रलाई समाप्त गरेको मात्रै होइन, नेपालमा सामन्तवादको अन्त्य गर्दै यसका अवशेष बाँकी होला । तर सामन्तवादलाई मुलरुपमा अन्त्य गर्दै पुँजीवादी क्रान्ति सम्पन्न गरेर हामी समाजवादको बाटोमा अग्रसर छौँ । राष्ट्रिय पुँजीको विकास गर्ने जारी छ ।

हेर्दा खेरि महंत्वाकांक्षी लागेको मात्रै हो । वास्तवमा एउटा समाजवादी पार्टी हुनाको नाताले एउटा कम्युनिष्ट पार्टी र समाजवादीकार्य दिशा बोकेको पार्टीले गर्ने यस्तै हो । तर नभएको कुरा के भन्दा झन्डै दुई तिहाइको बहुमतको पाएको केपी ओलीजीले तीन वर्षमा सिन्को भाँच्नु भएन । जनतामा समाजवाद आधार तयार गर्नका निम्ति उहाँले अनगिन्ती कामहरू गर्न सुरु गर्नसक्नुहुन्थ्यो । तर उहाँको सरकार पूर्ण रूपमा भ्रष्टाचारमा लिप्त भयो ।

समाजवादी कार्यदिशा बोकेको पार्टीको नाताले नेकपा एमालेसँग विद्रोह गर्नु परेको कारणले गर्दा अहिले जनताको आशा हाम्रो पार्टीमा बढी केन्द्रित भएको नाताले यसप्रकारको घोषणापत्र तयार गरेका हौँ । यस आधारमा जनताले हामीलाई विश्वास गरेर मत दिनुभयो भने मत प्राप्त गर्‍यौ भने जनतामा विश्वासघात जनप्रतिनिधिले गर्ने छैनन् । म यो विश्वास दिलाउन चाहन्छु ।

अन्य राजनीतिक दलको घोषणा पत्र भन्दा तपाईहरुको घोषणापत्र के कारणले फरक छ ?

हाम्रो घोषणापत्रमा जनताको शिक्षा,स्वास्थ्य तथा जनताको जनजीविकासँग सम्बन्धी हाम्रो मुख्य एजेन्डाहरू छन् । हामीले जतिसुकै समृद्ध नेपाल, सुखी नेपालीको कुराकानी गरे पनि सरकार जनमुखी हुन सकेन । जनताले सुशासन सेवा पाउन सकेनन् । हामीले सिंहदरबार को शासन घर घर पुग्ने गरिकन सिंह दरबार जनताको घर दैलोमा पुर्‍याउने बाचा गरेका थियौँ । यथार्थमा त्यस्तो हुन सकेन । उनीहरूको कार्यकालमा हामीले प्रशिक्षित गर्न सकेनौ । ठुलो पार्टीको नाताले २९५ मा प्रमुख सिट जित्ने एमालेले आफ्नो जनप्रतिनिधीलाई प्रशिक्षण गर्ने क्रममा जुन किसिमले लाचारी प्रकट गर्‍यो। उसको प्राथमिकता पार्टी विभाजन मुलुकलाई संघीयता लोकतन्त्र, धर्म, निरपेक्षता र संविधानको बर्खिलापमा लैजाने ध्यान केन्द्रित भइसकेपछि हामीले सिङ्गो पाँच वर्ष यसै खेर फाल्यौ भने पनि भयो । त्यस कारण मुलरुपमा हामीले जनजीवनका जनसवालका कुरा, बेरोजगारका समस्या त्यस्तै रहे । यस्ता काम/प्रवृति हटाउँदै जनसेवामुलक कार्यक्रम हामीले तय गरेका छौँ । हामीले जन केन्द्रित नीति लिएका छौँ । जनकेन्द्रीत नीति लिएर जनतामा जाने अठोट गरेको पार्टी हो यो। चुनावदेखि चुनावसम्मको पार्टी होइन यो । यो पार्टी नेकपा एमाले भन्दा फरक र भिन्न अरू पार्टी भन्दा फरक र भिन्न छ।

समाजवादी, समाजवादी कार्यदिशा स्थापना गर्नका निम्ति अहोरात्र खटिरहने अविचलित अडानका साथ अगाडि बढिरहेको पार्टी हो । हामीले जनताको चासो सम्बोधन गर्ने अबका विकासहरू विपद् जोखिम संवेदनशील विकास मात्रै हुनुपर्‍यो । विज्ञान आधार तथा प्रकोपरहित आधार मात्रै विकास अगाडि बढाउन विपद् जोखिमलाई ध्यान दिने कुरा गर्नुपर्‍यो। विपद् उत्थानशील समाज निर्माण विपदमा जागरुक समाज निर्माण गर्दै जनताहरुलाई सुरक्षित गर्दै उत्थानशील भएर बस्ने खालको विषय हामीले समेटेका छौँ। अरुको घोषणापत्रभन्दा हाम्रो घोषणापत्र निश्चयनै महत्वकांक्षी छन् । त्यसको निम्ति हाम्रो जनप्रतिनिधीसँग इमानको खाँचो हुन्छ सक्रियताको खाँचो हुन्छ । जनप्रतिनिधीहरु पारदर्शिता चाहन्छन् । त्यो क्षमता हामीसँग छ ।

भर्खरै गठन भएको पार्टीले आगामी चुनावको नजिता कस्तो आउँला भन्ने अपेक्षा गरेको छ ?

हामी अहिले गठबन्धनमा बढी अभ्यास गरेको पार्टी हो । हाम्रो पार्टी छुटै ढङ्गले चुनावमा जानी भनेर सोचेका छैनौँ । यद्यपि गठबन्धन टुट्यो, गठबन्धन रहेन भने त सिङ्गल जानुको पनि विकल्प छैन। हामीले दुवै किसिमको तयारी एकै पटक गरेका छौँ । हामी पाँच दलीय गठबन्धनमा सामेल छौँ । गठबन्धन एउटा विशिष्ट परिस्थितिमा बनेको हो । स्वाभाविक रूपमा गठबन्धन भविष्य अरू दुई चुनावमा सम्म रहनुपर्छ भन्ने मान्यताका साथ अगाडि बढेको कारणले स्थानीय चुनावमा केही सिटहरु भागबन्डा गर्ने क्रममा हामीलाई केही अप्ठ्यारो परिरहेकै छ । तर पनि हामीले केही मिलाएका छौ । असहजताको बाटोमा सहजताको बाटो निकालेका छौँ। एकै ठाउँभित्र पनि पाँच दलीय स्वस्थ प्रतिस्पर्धा गर्न पाउने छुट हामीले दिएका छौँ ।

नेकपा एमाले र अन्य दलसँग गठबन्धन नगर्ने नेकपा एमालेलाई सबै मिलेर हराउने नै हो । तर हाम्रो पार्टीले जित्ने सवालमा जित्नका निम्ति सहज बनाउनको निम्ति गठबन्धन एउटा तरिका त हो । तर गठबन्धनमा चित्तबुझ्दो भोट पार्टीले आह्वान गर्दैमा नपर्ने सम्भावना भयो भने त्यस्तो गठबन्धन भन्दा सिङ्गलै चुनाव लड्छौ । एकल चुनाव लड्छौ । एक्लै चुनाव लड्दा हामी जनताको बीचमा टेस्टेट तथा जनपरीक्षणमा जादैँछौ । जनपरीक्षणमा जाँदै गर्दा नेकपा एमाले होइन यो भन्दा बढी सृजनशील पार्टी एकीकृत समाजवादी पार्टी हो । नेकपा एमाले कम्युनिस्ट पार्टी होइन । नेकपा एकीकृत समाजवादी कम्युनिस्ट पार्टीको हो । नेकपा एमालेको विकल्पमा हामी कलम चिह्न लिएर जनतामाझ जाँदै छौँ । वैकल्पिक शक्तिको रूपमा एमालेलाई परास्त गरेर स्थापित हुने पार्टी यही हो भनेर जनताको बिचमा जाने छौ । हाम्रो निम्ति यो अग्नि परीक्षा हो ।

सत्ता गठबन्धन आबद्ध दलहरुबीच तालमेल टुंगिएको छ, तरपनि तल्लो तहबाट सहयोग हुन नसक्ने आशंका गरिएको छ ? यस्लाई एकिकृत समाजवादीले कसरी हेरेको छ ?

यसमा हामीले विभिन्न संयन्त्र निर्माण गर्दै केन्द्रमा अनुगमन र सुपरिवेक्षण संयन्त्र बनाएका छौ । प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय पालिका निकायमा संयन्त्र बनेको छ । जहाँ अप्ठ्यारो आउँछ । यो पहिलो पटक अभ्यास गरिँदै छ । पहिला कांग्रेस र माओवादीको प्रयास सफल हुन सकेन । तर एमाले र माओवादीले गरेको २०७४ सालको प्रतिनिधि सभाको अभ्यास धेरै सफल भएको थियो ।

अहिलेको यो पहिलाको त्यो भन्दा प्रभाकारी गठबन्धन हो । अहिलेको यो पाँच दलीय गठबन्धन हो । यसमा नेपाली कांग्रेस, माओवादी, जसपा, जनमोर्चा र हामी सामेल छौ । पूर्व पश्चिमबाट प्रभाव शक्ति भएकाबीचको गठबन्धन हो यो । यो कायम भएमा गठबन्धनको सानदार विजयी हुन्छ।

राजनीतिक र सैद्धान्तिक धरातल फरक भएका दलहरुबीच यसरी निर्वाचनमा गठबन्धन गर्दा स्वतन्त्र र लोकतान्त्रिक प्रतिष्पर्धा हुन्छ त ?

स्वतन्त्र र लोकतान्त्रिक प्रतिस्पर्धाको लागि एउटा पूर्व सर्त के हो भने दलहरु बिचको ‘अन्डरस्ट्यान्डिङ’ । दलहरु बीचको समझदारी हो । उनीहरूले एक अर्कालाई सम्मान गर्ने हो । हिलो छ्यापाछ्याप नगर्ने आरोप प्रत्यारोप नगर्ने । स्वस्थ्य शैलीमा जाने अभ्यास चुनावभरी गरिन्छ ।

लुट्ने पिट्ने विगतमा भएका छन् । नभएका होइनन् । तर गठबन्धनले त्यसलाई सम्पूर्ण रुपमा दुत्कारेको हुन्छ । परास्त गरेको हुन्छ । स्वतन्त्र निष्पक्ष तथा धादलीरहित चुनावको आशा गर्न सकिन्छ । अर्को महत्वपूर्ण कुरा अरु कसरी आउँछन् भन्ने कुरा हो । यो चुनाव प्रतिगमनकारीबिच र अग्रगमनकारीबिचको महायुद्ध भएको कारणले गर्दा भीषण युद्ध भएको कारणले गर्दा सत्य र असत्यबीचको महाभारत भएको कारणले गर्दा । यसरी प्रतिगमनको विरुद्धमा हिजो सबै गठबन्धन शक्तिहरु एक जुट भएका थियौ त्यही धरातलमा टेकेर विजयी प्राप्त गर्न हो ।

गठबन्धनको यात्रा कहिलेसम्म हुन्छ ? आम चुनाव भन्दा परैसम्म जान्छ की ?

पाँचै वर्ष सम्म जाने गरि हामीले सोचेका छौ। त्यस्तो गर्न पर्ने स्थिति हुन्छ । उदाहरणको रुपमा हामीले पालिका जित्यौ भने गठबन्धनले जित्यो भन्ने हुन्छ । त्यहाँ बहुमत अल्पमतको कुरा हुँदैन । त्यहाँ सहमति सहकार्यका आधारमा जाने हो । सबैको सहयोग आवश्यक हुन्छ भोलि केही तलमाथि भएमा काम गर्ने अप्ठ्यारो नहोस् भनेर पहिलै ‘अन्डरस्ट्यान्डिङ’ गरेका छौ । मुलुकको समृद्धि र विकासको निम्ति दलहरूबीचको एकता सहकार्य आवश्यक छ । दलहरुले सहअस्तित्वमा विश्वास गर्नुपर्दछ । त्यसको अभ्यास हामीले गरेका छौ । आशा गरौँ पाँच वर्ष सम्म गठबन्धन रहन्छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले तपाईरुलाई केही सिट मात्र जितेर देखाउँन पटक-पटक चुनौती दिइरहनुभएको छ ? यसमा तपाईहरुको प्रतिक्रिया के छ ?

मेरो प्रतिक्रिया सोझै केपी ओलीलाई के छ भने दुई चार ओटा ठाउँ मात्र जितेर तपाई जितेर देखाउनुस् न । मेरो प्रतिक्रिया यही छ । अग्रगामी शक्तिहरूलाई विजयी गराउनुपर्ने अवस्था छ । कुनै नाईनास्ति नगरिकन निर्मतापूर्वक प्रतिगमनकारीलाई परास्त गर्न गठबन्धनलाई जिताउन आग्रह गर्दछु । कथमकदाचित त्यस्तो स्थिती रहेन भने हामी के हौ भन्ने खालको कुरा जनता जीवित भगवान् हुन् जीवित भगवान् भएको नाताले मेरो के आह्वान हुन्छ भने तपाई दुधको दुध पानीको पानी छुट्यादिनुस् । नेकपा एकीकृत समाजवादी सत्य र न्यायको पक्षमा छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ९ : ५७ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम