नेपालसँगै भारतमा पनि प्रदर्शन हुँदै ‘प्रेमगन्ज’ « Khabarhub

नेपालसँगै भारतमा पनि प्रदर्शन हुँदै ‘प्रेमगन्ज’


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली फिल्म ‘प्रेमगन्ज’ भारतमा पनि प्रदर्शन हुने भएको छ । 

चलचित्र चौतारी र ड्रिम्स थिएटर मोशन पिक्चरबीच भएको सम्झौताअनुसार नेपाल रिलिजकै दिन ‘प्रेमगन्ज’ पहिलो चरणमा भारतको कोलकत्ता, देहरादुन, आसाम, गुवाहटी, अरुणाचल, ब्याङ्लोर, मुम्बई, दिल्ली, दार्जिलिङ, सिक्किम लगायतका सहरहरुका १०० भन्दा धेरै स्क्रिनमा एकसाथ प्रदर्शन हुने भएको छ ।

पहिलो चरणको प्रदर्शन सकारात्मक देखिएमा दोश्रो चरणमा भारतका अन्य ठूला पनि प्रदर्शन हुने निर्माण पक्षले बताएको छ । भारतमा ‘प्रेमगन्ज’ अङ्ग्रेजी सबटाइटल सहित  नेपाली भाषामै प्रदर्शन हुनेछ । फिल्मलाई भारतमा ड्रिम्स थिएटर मोसन पिक्चरका सञ्चालक  म्याबो ह्यङ्गले अल इन्डिया वितरण गर्न लागेका हुन् । 

फिल्म राम्रो बनेको र ईन्डियामा पनि नेपाली फिल्मको बजारको सम्भावना ठूलो रहेको र यो चलचित्रले राम्रो कमाई गर्नेमा आफू विश्वस्त रहेको म्याबो ह्यङ्गले बताए । यस फिल्मलाई छिमेकी मुलुक भारतको ठुलो बजारसम्म लैजानका लागि कालिङपोङका कलाकार अनुज शर्मा र सिक्किमका कलाकार अमीर मेघीले सहजीकरण गरेका हुन ।

 परिच्छेद सेनको निर्देशनमा बनेको फिल्ममा तेज गिरी, बेनिशा हमाल, सम्पदा बानियाँ लगायतका कलाकारको अभिनय रहेको छ भने कार्यकारी निर्मातामा अनन्तमान श्रेष्ठ रहेका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  १२ : २३ बजे

घरबाट बेपत्ता दुई बालिका जङ्गलमा मृत अवस्थामा भेटिए

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिका-४ मनघरमा सोमबार दुई जना बालिका

सर्बियामा विद्यार्थी आन्दोलनको विजय

बेलग्रेड– सर्बियामा भ्रष्टाचारविरोधी विद्यार्थी आन्दोलनले संसदीय निर्वाचनमा विजयको घोषणा गरेको

कसले सुनिदिने किसानका पीडा ?

सर्लाही– उन्नत ढङ्गले कृषि कर्म गर्न सकेमा रोजगारीका लागि विदेश

कांग्रेसले गुमेको विश्वास फर्काउन घरदैलोमा जानुपर्छ : सभापति थापा

वालिङ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले गुमाएको विश्वास पुनः

बुद्धको अस्थिधातु दर्शनका लागि खुला

काठमाडौं– ललितपुरको पुल्चोकस्थीत अक्षेश्वर महाविहारमा शाक्यमुनि बुद्धको अस्थिधातु सर्वसाधारणको दर्शनका