विदेशी फिल्म नियन्त्रण गर्ने तयारीमा मन्त्रालय  « Khabarhub

विदेशी फिल्म नियन्त्रण गर्ने तयारीमा मन्त्रालय 


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- केही दिन अगाडि मात्र फिल्मकर्मीहरूले गृह मन्त्री बालकृष्ण खाँणसँग भेटघाट गर्दा विदेशी फिल्मको चेपुवामा स्वदेशी फिल्म परेको बताएका थिए । २०७१ मै ड्राफ्ट गरिएको राष्ट्रिय चलचित्र नीति तत्काल कार्यन्वयनमा ल्याउन र नेपाली फिल्मको अस्तित्व जोगाउन पहल गरिदिन आग्रह गरेका थिए । यही आवाज केही समय यता फिल्मकर्मीले उठाउने गरेका छन् ।

विदेशी फिल्मले स्वदेशी फिल्म उद्योग ध्वस्त बनाउन लागेको टिप्पणी सर्वत्र चुलिएपछि चलचित्र विकास बोर्डले पछिल्लो बैठकमा डब गरिएका फिल्म प्रदर्शनमा रोक लगाउन , विना सेन्सर बुकिङ नगर्न लगायतका निर्णय गर्दै मातहतको मन्त्रालय सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई पत्राचार समेत गरेको थियो । विभिन्न क्षेत्रबाट आवाज उठ्न थालेपछि यसलाई आउँदो बजेटमा नै सम्बोधन गर्ने तयारी मन्त्रालयले गरिरहेको छ ।

मन्त्रालयका प्रवक्ता विनोद प्रकाश सिंहले चलचित्र विकास बोर्डसँगै चलचित्रकर्मीले उठाई रहेको विषयमा मन्त्रालयले सम्बोधन गर्ने तयारी गरिरहेको जानकारी दिए । सञ्चार मन्त्रालयले विकास बोर्डका मागसँगै स्वतन्त्र फिल्मकर्मीको पनि गुनासोलाई मध्यनजर गर्दै प्रतिक्रियामा नयाँ नीति तर्जुमा गर्न लागेको हो । यसका लागि मन्त्रालयले करको दायरामा पुनर्विचार गर्नेदेखि अन्य विकल्पमा पनि छलफल चलिरहेको प्रवक्ता सिंहले बताए ।

विदेशी फिल्मको अतिक्रमणले स्वदेशी फिल्म उद्योगसँगै भाषा संस्कृतिमा पनि अतिक्रमण गरिरहेको आवाज उठेपछि मन्त्रालयले सम्बोधन गर्न लागेको हो ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  १ : ३० बजे

सिंहदरबारमा निर्वाचन तयारीबारे सर्वपक्षीय छलफल सुरु (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको संसारमा

धनुषामा एक अस्पतालसहित चार वटा औषधि पसललाई कारबाही

जनकपुरधाम– सरकारले तोकेको मापदण्ड विपरीत अवैध रूपमा, दर्ता नगरी सञ्चालित

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन