रुसी कमाण्ड पोस्टमा युक्रेनले आक्रमण गर्दा रुसका दुई जर्नेल मारिए | Khabarhub Khabarhub

रुसी कमाण्ड पोस्टमा युक्रेनले आक्रमण गर्दा रुसका दुई जर्नेल मारिए


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनी सेनाले रुसी सैनिक कमाण्ड पोस्टलाई लक्षित गरी आक्रमण गर्दा दुई वरिष्ठ रुसी सैनिक अधिकारी मारिएका छन् ।

युक्रेनबाट रुसले कब्जामा लिएको दक्षिणी शहर खेर्सनमा रहेको रुसी सैनिक कमाण्ड पोस्टलाई लक्षित गरी आक्रमण गरिएको युक्रेनी सेनाले जनाएको हो ।

आक्रमणका क्रममा रुसी सेनाका दुई जर्नेलहरु मारिएको बताइएको छ । समाचार संस्था एपीका अनुसार युक्रेनी सेनाले आक्रमणका क्रममा अर्का एक जर्नेल घाइते भएको दाबी गरिएको छ । हताहत भएको भनिएका जर्नेलहरुको पहिचान हुन सकेको छैन ।

आक्रमणका बेला उक्त कमाण्ड पोस्टमा ५० भन्दा धेरै वरिष्ठ रुसी सैनिक अधिकारीहरु रहेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकार ओलेक्सेई एरेस्तोभिचले जनाएका छन् ।

उनीहरुको अवस्था अज्ञात रहेको उनको भनाइ छ । यसबारे रुसी पक्षबाट कुनै टिप्पणी नआएको एपीले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ५ : ०२ बजे

‘युद्धमा सबैभन्दा पहिले सत्य मर्छ’

कल्पना गर्नुहोस्, कति मूर्ख हुनुपर्छ दुई आणविक शक्ति सम्पन्न देशबीच

आजका लागि फलफूल तथा तरकारीको मूल्य यस्तो छ

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

म्याग्दीको प्रभुचेलामा ध्यानका लागि पूर्वाधार निर्माण

म्याग्दी– सामुदायिक ध्यान केन्द्र सञ्चालनका लागि म्याग्दीको मालिका गाउँपालिका– ७

मेचीनगरमा सजिवनको व्यावसायिक खेती

झापा– झापाको मेचीनगर नगरपालिका बहुउपयोगी खाद्य वनस्पति सजिवन (मोरिङ्गा)को व्यावसायिक

पाकिस्तानले गर्‍यो भारतविरुद्ध आक्रमणको घोषणा

पाकिस्तान- पाकिस्तानले भारतविरुद्ध प्रत्याक्रमणको घोषणा गरेको छ। भारतले आक्रमण गरेको