जुम्लामा एमालेले पालिका प्रमुख र उपप्रमुखका उम्मेदवार टुङ्ग्यायो  « Khabarhub

जुम्लामा एमालेले पालिका प्रमुख र उपप्रमुखका उम्मेदवार टुङ्ग्यायो 


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 जुम्ला– नेकपा एमाले जुम्लाले एक नगरपालिका र ७ गाउँपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवार टुंगो लगाएको छ। 

चन्दननाथ नगरपालिकाको प्रमुखका लागि धर्मेन्द्र रोकाया र उपमेयरमा मेनका रेग्मीलाई उम्मेदवार बनाएको एमाले केन्द्रीय सदस्य तथा इन्चार्ज रतननाथ योगीले बताए । 

एमालेले सबै स्थानीय तहको प्रमुख र उपप्रमुखको उम्मेदवार टुंगो लगाएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार सोमबार मनोनयन दर्ता गर्ने उनले बताए । 

एमालेले पातारासी गाउँपालिका अध्यक्ष सुकराम रावत र उपाध्यक्षमा खम्मेनी महतारालाई उम्मेदवार बनाउने भएको छ ।

 गुठीचौर गाउँपालिका अध्यक्षमा झुनमाया जैशी र उपाध्यक्षमा प्रेम बूढा, तातोपानी गाउँपालिकामा अध्यक्ष सुरत बहादुर शाही र उपाध्यक्ष ज्वाला चौलागाईँ, तिला गाउँपालिकामा अध्यक्ष रेशम बहादुर शाही र उपाध्यक्षमा जुनमाया बोहरालाई उम्मेदवार बनाउने एमालेले निर्णय गरेको छ ।

हिमा गाउँपालिकामा अध्यक्ष जयबहादुर खत्री र उपाध्यक्ष भागिरथी शाही, सिंजा गाउँपालिकामा अध्यक्ष सुमन आचार्य र उपाध्यक्षमा कल्पना बुढा, कनकासुन्दरी गाउँपालिकामा अध्यक्ष मानबहादुर रोकाया र उपाध्यक्ष देविसिता बूढा (रावत) उम्मेदवार हुने तय भएको एमालेले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ८ : ३८ बजे

घटस्थापनादेखि पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ– बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८

दसैँको अवसरमा शीतल निवासमा कन्या पूजा, राष्ट्रपतिले दिए उपहार

काठमाडौँ ‍- राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ का अवसरमा

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस