जुम्लामा एमालेले पालिका प्रमुख र उपप्रमुखका उम्मेदवार टुङ्ग्यायो  « Khabarhub

जुम्लामा एमालेले पालिका प्रमुख र उपप्रमुखका उम्मेदवार टुङ्ग्यायो 


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 जुम्ला– नेकपा एमाले जुम्लाले एक नगरपालिका र ७ गाउँपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवार टुंगो लगाएको छ। 

चन्दननाथ नगरपालिकाको प्रमुखका लागि धर्मेन्द्र रोकाया र उपमेयरमा मेनका रेग्मीलाई उम्मेदवार बनाएको एमाले केन्द्रीय सदस्य तथा इन्चार्ज रतननाथ योगीले बताए । 

एमालेले सबै स्थानीय तहको प्रमुख र उपप्रमुखको उम्मेदवार टुंगो लगाएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार सोमबार मनोनयन दर्ता गर्ने उनले बताए । 

एमालेले पातारासी गाउँपालिका अध्यक्ष सुकराम रावत र उपाध्यक्षमा खम्मेनी महतारालाई उम्मेदवार बनाउने भएको छ ।

 गुठीचौर गाउँपालिका अध्यक्षमा झुनमाया जैशी र उपाध्यक्षमा प्रेम बूढा, तातोपानी गाउँपालिकामा अध्यक्ष सुरत बहादुर शाही र उपाध्यक्ष ज्वाला चौलागाईँ, तिला गाउँपालिकामा अध्यक्ष रेशम बहादुर शाही र उपाध्यक्षमा जुनमाया बोहरालाई उम्मेदवार बनाउने एमालेले निर्णय गरेको छ ।

हिमा गाउँपालिकामा अध्यक्ष जयबहादुर खत्री र उपाध्यक्ष भागिरथी शाही, सिंजा गाउँपालिकामा अध्यक्ष सुमन आचार्य र उपाध्यक्षमा कल्पना बुढा, कनकासुन्दरी गाउँपालिकामा अध्यक्ष मानबहादुर रोकाया र उपाध्यक्ष देविसिता बूढा (रावत) उम्मेदवार हुने तय भएको एमालेले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ८ : ३८ बजे

नेपालले पिकलबलको विश्वकप खेल्ने

काठमाडौं – नेपालले पिकलबल विश्वकपको तेश्रो संस्करण खेल्ने भएको छ

प्रदेश र स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढ गर्छौं : मुख्यमन्त्री शाही

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको विकास र

राष्ट्रपतिद्वारा चाँगुनारायणको कलशमा छायाँ दर्शन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक तथा परम्परागत चाँगुनारायणको कलश

राष्ट्रसङ्घले भन्याे : गाजाका बासिन्दालाई हटाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’

जेनेभा – संयुक्त राष्ट्रसङ्घले गाजामा चङ्गा, ड्रोन र बेलुन उडाइएको

सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल

धनगढी – सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा