रानीको 'मेरी आमा' मा गौरी र गीताको ममता | Khabarhub Khabarhub

रानीको ‘मेरी आमा’ मा गौरी र गीताको ममता


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मातातीर्थ औँशी अर्थात आमाको मुख हेर्ने दिन नजिकिँदै जाँदा गीत संगीतमा पनि आमाको माया र मर्म बोल्ने भावहरु व्यक्त हुन थालेका छन् । यसैबीच अमेरिकामा रहेर गीत संगीतमा सक्रिय रुपमा लागिरहेकी गायिका रानी शाक्यले “मेरी आमा” बोलको गीत सार्वजनिक गरेकी छिन् । यो गीतमा सन्तोष आलेको शब्द तथा संगीत छ ।

गीतमा छोरीले आफ्नी आमालाई गर्ने प्रेम र आमाको महिमालाई प्रस्तुत गरिएको छ । यो गीतको भिडियोमा कलाकार गौरी मल्ल, मोडल गीता ढुङ्गानालाई आमाछोरीको भूमिकामा देख्न सकिन्छ । साथमा, भिडियोमा विजय राज भुर्तेल, निरिस्का स्थापितको पनि अभिनय छ ।

नमराज घिमिरेको छायांकन रहेको भिडियोमा विजयराजको सम्पादन छ । देव धिमालले यो गीतको भिडियोलाई निर्देशन गरेका हुन् । भिडियोलाई निर्देशक देवले मार्मिक बनाएका छन् । एक बिरामी आमालाई छोरीले गरेको मायालाई भिडियोमा प्रस्तुत गरिएको छ । 

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ८ : ५९ बजे

इलाम–२ मा यसरी हुँदैछ मतगणनाको तयारी

इलाम – इलाम–२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

वायु प्रदूषणका कारण स्वास्थ्यसम्बन्धी जोखिम बढ्दो

काठमाडौं – पछिल्लो समय बढ्दै गएको वायु प्रदूषणले बालबालिका तथा

लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?

काठमाडौं । ठूला पूर्वाधारमा लगान जुटाउने लक्ष्यका साथ आइतबारदेखि दुई

रौतहटबाट गाँजासहित दम्पत्ति पक्राउ

रौतहट । रौतहटमा अवैध लागूऔषध गाँजासहित एक दम्पत्ति पक्राउ परेका

मुम्बईविरुद्ध दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले मुम्बई