रानीको ‘मेरी आमा’ मा गौरी र गीताको ममता « Khabarhub

रानीको ‘मेरी आमा’ मा गौरी र गीताको ममता


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मातातीर्थ औँशी अर्थात आमाको मुख हेर्ने दिन नजिकिँदै जाँदा गीत संगीतमा पनि आमाको माया र मर्म बोल्ने भावहरु व्यक्त हुन थालेका छन् । यसैबीच अमेरिकामा रहेर गीत संगीतमा सक्रिय रुपमा लागिरहेकी गायिका रानी शाक्यले “मेरी आमा” बोलको गीत सार्वजनिक गरेकी छिन् । यो गीतमा सन्तोष आलेको शब्द तथा संगीत छ ।

गीतमा छोरीले आफ्नी आमालाई गर्ने प्रेम र आमाको महिमालाई प्रस्तुत गरिएको छ । यो गीतको भिडियोमा कलाकार गौरी मल्ल, मोडल गीता ढुङ्गानालाई आमाछोरीको भूमिकामा देख्न सकिन्छ । साथमा, भिडियोमा विजय राज भुर्तेल, निरिस्का स्थापितको पनि अभिनय छ ।

नमराज घिमिरेको छायांकन रहेको भिडियोमा विजयराजको सम्पादन छ । देव धिमालले यो गीतको भिडियोलाई निर्देशन गरेका हुन् । भिडियोलाई निर्देशक देवले मार्मिक बनाएका छन् । एक बिरामी आमालाई छोरीले गरेको मायालाई भिडियोमा प्रस्तुत गरिएको छ । 

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ८ : ५९ बजे

क्षतिग्रस्त बेनी-जोमसोम खण्डमा अस्थायी मार्ग निर्माण

म्याग्दी– कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी-जोमसोम सडकमा अस्थायी मार्ग

बूढीगण्डकी बाढी : मनास्लु हिँडेका पर्यटक बीचैमा रोकिए

गण्डकी– बुढीगण्डकी नदीमा आज बिहान गएको बाढीले पदमार्गमा क्षति पुर्‍याउँदा गोरखाको

क्यानडाविरुद्ध सन्दीपले दिलाए नेपाललाई लगातार दुई सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज

काभ्रेपलाञ्चोक– दुई वर्षअघिको बाढीपहिरोले क्षतिग्रस्त काभ्रेपलाञ्चोकतर्फको बिपी राजमार्गमा हाल पुनर्निर्मित सडकबाटै

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

काठमाडौं– राजनीतिक उतारचढाव र बजेट शून्यताका कारण लामो समयदेखि अन्योलमा