भरतपुरमा रेनुको मत ५० हजार नाघ्यो : तीन हजार गन्न बाँकी हुँदा विजय निश्चित « Khabarhub

भरतपुरमा रेनुको मत ५० हजार नाघ्यो : तीन हजार गन्न बाँकी हुँदा विजय निश्चित


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको भरतपुर महानगरपालिकामा मेयर र उपमेयर पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेका रेनु दाहाल र चित्रसेन अधिकारीको विजय सुनिश्चित भएको छ।

जम्मा तीन हजार मत गन्न बाँकी हुँदा प्रमुख दाहाल र उपप्रमुख अधिकारीले अग्रतालाई तेब्बर बनाएका छन्। दुवै उम्मेदवारले मत ५० हजार कटाएका छन्। गणना बाँकी रहेको मतभन्दा पनि बढीको मतान्तर बनाएपछि दाहाल र अधिकारीको विजय सुनिश्चित भएको हो।

निर्वाचन कार्यालयका अनुसार मेयरमा रेनु दाहालको ५० हजार ३१० मत ल्याएकी छन्। त्यसैगरी मेयर पदका अर्का उम्मेदवार एमालेका विजय सुवेदीको ३८ हजार ३९६ र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको १४ हजार ७०५ मत छ।

अहिले रेनु दाहाल गन्न बाँकी मत भन्दा १२ हजार १४ मतले अगाडि छन्।

त्यसैगरी उपमेयर पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका चित्रसेन अधिकारी झनै फराकिलो मतान्तरले विजयी सुनिश्चित गरेका छन्। उनले ५१ हजार १२९ मत ल्याएका छन्।

उपमेयरमा एमालेले समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की उम्मेदवार हिमला गुरुङको २७ हजार ९२२ मत छ। अधिकारी र हिमलाबीच २० हजार ३६ मतको फराकिलो अन्तर छ।

भरतपुर महानगरपालिकामा कुल मतदाता एक लाख ८५ हजार रहेकोमा एक लाख २७ हजार ८३९ मत खसेको थियो।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ६ : १५ बजे

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार