युद्ध अन्त्यका लागि पुटिनसँग भेट गर्ने जेलेन्स्कीको चाहना « Khabarhub

युद्ध अन्त्यका लागि पुटिनसँग भेट गर्ने जेलेन्स्कीको चाहना


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किभ- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्य गर्ने विषयमा आफूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्न चाहेको बताएका छन्।

डाभोसमा जारी विश्व आर्थिक मञ्चको सम्मेलनलाई भर्चुअल माध्यममार्फत् सम्बोधन गर्दै रुसी सेनाले सर्वसाधारणलाई गर्ने व्यवहारका कारण वार्ताको व्यवस्था गर्नु झनै कठिन भएको बताए। रुसले सर्वसाधारणलाई निशाना नबनाएको बरु सैन्य क्षमतालाई हस गर्न कारबाही गरिएको दाबी गर्दै आएको छ।

‘यस बारेमा रुसी संघका अध्यक्षले निर्णय गर्नुहुन्छ’, वार्तातर्फ संकेत गर्दै जेलेन्स्कीले दोभाषेमार्फत् भने, ‘यदि हामी व्यक्तिगत रुपमा उहाँबिना यो युद्ध समाप्त गर्ने कुरा गर्दै छौँ भने त्यो निर्णय लिन सकिँदैन।’

युद्धको सुरुमा रूसी सेनाले कब्जा गरेको क्षेत्रहरू विशेषगरी राजधानी किभबाहिर रुसी सेनाको तर्फबाट भएका सामूहिक हत्याले वार्तालाई व्यवस्थित गर्न गाह्रो बनाएको जेलेन्स्कीले बताए।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ६ : ३४ बजे

परराष्ट्रमन्त्री खनाललाई रुसी समकक्षीको बधाई

काठमाडौँ– रूसका परराष्ट्रमन्त्री सर्गेई लाभरोभले नेपालको परराष्ट्रमन्त्रीमा शिशिर खनाल नियुक्त

गृहमन्त्री सुधन गुरुङले गरे पशुपतिनाथ मन्दिरको दर्शन

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्।

महावीर पुन सांसद भएर पनि किन किताब बेच्छन् ?

काठमाडौँ – प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक

बैतडीको श्रीपुर स्वास्थ्य केन्द्रमा ‘सतर्कता केन्द्र’ सञ्चालन

बैतडी– महामारी तथा विपदका बेला सूचना आदानप्रदान गर्न शिवनाथ गाउँपालिका–३

अस्वीकृत धूनदेखि राष्ट्रिय अवार्डसम्म: ‘क्या हुआ तेरा वादा’ को कथा

काठमाडौँ – बलिउडको संगीत इतिहासमा केही यस्ता गीत हुन्छन्, जुन