मंकीपक्स भाइरस नियन्त्रणमा लिन सकिन्छः डब्लूएचओ « Khabarhub

मंकीपक्स भाइरस नियन्त्रणमा लिन सकिन्छः डब्लूएचओ


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क- विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मंकीपक्स भाइरस नियन्त्रणमा लिन सकिने जनाएको छ। भाइरसका १०० भन्दा बढी केसहरू युरोप, अमेरिका र अष्ट्रेलियामा पुष्टि भएको छ। भाइरसका कारण शरिरमा फोका र ज्वरोलगायतका लक्षण देखिन्छन्।

अहिलेसम्म १६ देशमा संक्रमण फैलिएको छ र यो अझै बढ्ने अनुमान गरिएको छ। तर, विज्ञहरू ठूलो जनसंख्याको लागि यसको समग्र जोखिम धेरै कम रहेको बताउँछन्।

मध्ये तथा पश्चिमी अफ्रिकाका दुर्गम क्षेत्रमा यो संक्रमण धेरै देखिएको छ। ‘यो नियन्त्रणयोग्य अवस्था हो’, डब्ल्यूएचओको मारिया भान केरखोभले एक पत्रकार सम्मेलनमा भनिन्।

‘हामी मानिसबाट मानिसमा सर्नबाट रोक्न चाहन्छौँ ’, युरोप र उत्तरी अमेरिकामा हालै देखिएका केसहरूलाई संकेत गर्दै उनले भनिन्। अफ्रिकाबाहिर १६ देशमा यो भाइरस भेटिएको छ।

५० वर्षमा अफ्रिका बाहिर सबैभन्दा ठूलो प्रकोप भएता पनि मंकीपक्स मानिसमा सजिलै फैलिँदैन र विज्ञहरूले यसको जोखिम कोभिड भाइरस महामारीसँग तुलना गर्न नसकिने बताएका छन्।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ८ : १३ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज २ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा