'मोदीको भ्रमणले बुद्धको जन्मस्थानबारे छरिएको भ्रम चिरिएको छ' | Khabarhub Khabarhub

‘मोदीको भ्रमणले बुद्धको जन्मस्थानबारे छरिएको भ्रम चिरिएको छ’


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले भगवान् बुद्धको जन्मस्थानबारे विश्वभर छरिएको भ्रम समाप्त भएको बताएका छन् ।

मन्त्री पौडेलले बुद्ध फाउन्डेसन युकेको आयोजना तथा लन्डनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड र एनआरएनएको सहकार्यमा लन्डनको केन्द्र ट्राफल्गर स्क्वायरमा आयोजित २५६६ औं बुद्धजयन्ती समारोहलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा हालै नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मेको सार्वजनिक रूपमा घोषणा गरेपछि अब गौतम बुद्धको जन्मस्थानबारे संसारभर कुनै भ्रम नभएको प्रष्ट पारे।

मन्त्री पौडेले धेरै भाषा, संस्कृति र सभ्यता भएको नेपाललाई विश्वभर चिनाउन सगरमाथा, गौतम बुद्ध र पशुपतिनाथले संसारको मार्गदिशा दिएको बताए। प्रमुख अतिथिका रूपमा सहभागी पौडेलले गौतम बुद्ध दर्शन र भाषा, संस्कृति र सभ्यता बुझ्न नेपालको भ्रमण गर्न विश्वभरका राजनेताहरूलाई समेत आग्रह गरे।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले गैर आवासीय नेपालीहरूको नागरिकता, पैत्तिक सम्पत्तिको लगायतका विषयमा अधिकार खोज्ने बेला आएको भन्दै आआफ्नो क्षेत्रबाट लविङ गर्न आग्रह गरे। उनले  मातृभूमिको गुन तिर्न लगानी लैजान समेत अपिल गरे। उनले गैर आवासीय नेपाली संघ नेपालको विकासमा जोडिन चाहेको बताउँदै सबै पक्षसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए।

कार्यक्रमलाई प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले शान्तिका दूत भगवान् गौतम बुद्ध दर्शनले विश्वभर शान्तिको सन्देश दिएको बताए। उनले बुद्ध जन्मस्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बोलाएर गौतम बुद्ध नेपालमा जन्मिएको विवाद अन्त्य गराउन नेपाल सफल भएको बताए। उनले यसलाई नेपालको विजयी उत्सवको रूपमा मनाउनुपर्ने बताए।

बुद्ध फाउन्डेसन युकेको अध्यक्ष दीपक श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मौलिक धिमे बाजा, भैरव नाच, थारु नाच, नेपालको हिमाल, पहाड, तराई सबै क्षेत्रको मौलिक पहिचान झल्किने सांस्कृतिक झल्किने झाँकीहरू समेत प्रस्तुत गरिएको थियो।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, व्यवसायी महन्त श्रेष्ठ, नेपालबाट आएका ‘वल्र्ड पिस सेन्टर’ का संस्थापक स्याल्पा तेन्जिङ रिम्पोचे तथा थाइल्यान्ड, भारत, श्रीलंका, मंगोलिया लगायतका मुलुकबाट राजदूत एवं कूटनीतिक प्रतिनिधिहरूले सम्बोधन गरेका थिए।

समारोहमा बेलायती सांसद विरेन्द्र शर्मा, लण्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल, सञ्चारकर्मी लगायत बेलायतका विभिन्न क्षेत्रका आएका नेपाली संघसंस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति थियो।

कार्यक्रम संयोजन फाउन्डेसनका वरिष्ठ उपाध्यक्ष सचिन श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमको सञ्चालन महासचिव लक्ष्मी राई लारा र सूर्य गुरुङले गरेका थिए। कार्यक्रममा गायिका शर्मिला बर्देवा र गायक दीपक थापाले आआफ्नो प्रस्तुति दिएका थिए।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ९ : ०३ बजे

नागरिक उन्मुक्तिको अध्यक्षमा रञ्जिता नै कायम, लालवीरले पाएनन् मान्यता

काठमाडौं– निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षमा रञ्जिता श्रेष्ठ

पाँच शेयर लगानीकर्ताको सङ्गठन दुई आईजीन नम्बरको पक्षमा 

काठमाडौं– पाँचवटा शेयर लगानीकर्ता सङ्गठनले दुईवटा फरक अन्तर्राष्ट्रिय धितोपत्र पहिचान

सागर डिष्टिलरीको आईपीओ खुला  

काठमाडौं– सागर डिष्टिलरी लिमिटेडले आज (बुधबार)बाट साधारण शेयर (आईपीओ) बिक्री

एमएफएन बान्टमवेट च्याम्पियन ढाँटलाई सरकारले पाँच लाख रुपैयाँ पुरस्कार दिने 

काठमाडौं– सरकारले म्याट्रिक्स फाइट नाइट (एमएफएन)१७ मा बान्टमवेट च्याम्पियन रवीन्द्र

पहिरोले जोमसोम–कोरला सडक पूर्ण रूपमा अवरुद्ध

मुस्ताङ– जोमसोम–कोरला सडकअन्तर्गत वारागुङ–मुक्तिक्षेत्र छुसाङ खण्ड लेदोसहितको पहिरो खसेपछि बुधबार