लमजुङका बागी उम्मेदवारलाई एमालेको कारबाही « Khabarhub

लमजुङका बागी उम्मेदवारलाई एमालेको कारबाही


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – नेकपा (एमाले) लमजुङले स्थानीय तह निर्वाचनमा बागी उम्मेदवार बनेकालाई कारबाही गरेको छ।

एमाले बेंसीशहर नगरपालिका-६ मा बागी उम्मेदवार बनेका तीन जनालाई कारबाही गरेको हो । वडाध्यक्षका बागी उम्मेदवार प्रकाश थापा, सदस्यका बागी उम्मेदवार दुर्गाबहादुर गुरुङ र कृष्ण राउतलाई ६ महिनासम्मका लागि सम्बन्धित पालिका/वडा कमिटीबाट निलम्बन गरेको छ ।

उम्मेदवारको समर्थक र प्रस्तावकलाई पनि कारबाही गरेको एमाले लमजुङका सचिव सुभाष पौडेलले बताए । आइतबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले कारबाही गर्ने निर्णय गरेको हो । प्रस्तावक र समर्थकलाई तीन महिनाका लागि निलम्बन गरेको बताए । पार्टीको निर्णयलाई अटेरी गरी निर्णय उल्लंघन गरेको भन्दै कारबाही गरेको हो ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ९ : १२ बजे

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

काठमाडौं- पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । आज

तनहुँका एक हजार ५०० जनाको निःशुल्क आँखा जाँच

दमौली– तनहुँको भानु नगरपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा परीक्षण शिविरमा

आफ्ना नागरिकलाई इराक छोड्न अमेरिकी निर्देशन

बगदाद- अमेरिकाको बगदादस्थित दूतावासले सुरक्षा चेतावनी जारी गर्दै आफ्ना नागरिकलाई

एक करोड लगानीमा भेडाबाख्रा फार्म खोलेका हिमबहादुर

म्याग्दी– रोजगारीको सिलसिलामा २० वर्ष विदेशमा बिताएका म्याग्दीको धवलागिरि गाउँपालिका–५

ट्रम्पको भनाइको अमेरिकामै विरोध, इरानी सेनाको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो भनाइलाई लिएर देशभित्रै विरोध