लमजुङका बागी उम्मेदवारलाई एमालेको कारबाही « Khabarhub

लमजुङका बागी उम्मेदवारलाई एमालेको कारबाही


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – नेकपा (एमाले) लमजुङले स्थानीय तह निर्वाचनमा बागी उम्मेदवार बनेकालाई कारबाही गरेको छ।

एमाले बेंसीशहर नगरपालिका-६ मा बागी उम्मेदवार बनेका तीन जनालाई कारबाही गरेको हो । वडाध्यक्षका बागी उम्मेदवार प्रकाश थापा, सदस्यका बागी उम्मेदवार दुर्गाबहादुर गुरुङ र कृष्ण राउतलाई ६ महिनासम्मका लागि सम्बन्धित पालिका/वडा कमिटीबाट निलम्बन गरेको छ ।

उम्मेदवारको समर्थक र प्रस्तावकलाई पनि कारबाही गरेको एमाले लमजुङका सचिव सुभाष पौडेलले बताए । आइतबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले कारबाही गर्ने निर्णय गरेको हो । प्रस्तावक र समर्थकलाई तीन महिनाका लागि निलम्बन गरेको बताए । पार्टीको निर्णयलाई अटेरी गरी निर्णय उल्लंघन गरेको भन्दै कारबाही गरेको हो ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ९ : १२ बजे

छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– मुलुकको विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको प्रथम छ महिनामा

नेपाली क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप खेल्न बिदाइ

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

मानसिक सन्तुलन गुमाएका युवकले गरे आफ्नै आमाको हत्या

भक्तपुर– मानसिक सन्तुलन गुमाएका मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण

गाजामा बालबालिकाको शिक्षा सुनिश्चित गर्न सहयोग बढाऊँ : संयुक्त राष्ट्र

संयुक्त राष्ट्र- संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले