गेटा विमानस्थल : जग्गा अधिग्रहणको सिमाङ्कन अन्तिम चरणमा | Khabarhub Khabarhub

गेटा विमानस्थल : जग्गा अधिग्रहणको सिमाङ्कन अन्तिम चरणमा


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी – कैलालीको धनगढीस्थित गेटा विमानस्थल विस्तार तथा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक जग्गा अधिग्रहणका लागि सिमाङ्कन गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जग्गा अधिग्रहणका लागि सिमाङ्कनको कार्य चाँडो सक्न निर्देशन दिएका थिए । अहिले उक्त कार्य अन्तिम चरणमा पुगेको गेटा विमानस्थलस्थित नेपाल नागरिक उड्डयनको कार्यालयले जनाएको छ ।

जग्गा अधिग्रहणका लागि गरिएको सिमाङ्कन तथा चार किल्लाको निरीक्षणका लागि काठमाडौँबाट त्यसतर्फ प्राविधिक टोली जाने तयारी भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ । जग्गा अधिग्रहणका लागि चार किल्लाको सिमाङ्कन कार्य अन्तिम चरणमा पुगेको गेटा विमानस्थलस्थित उड्डयन कार्यालयका प्रमुख रामकृष्ण भट्टले बताए ।

उनले भने, ‘हामीले जग्गा अधिग्रहणको चार किल्लाको सिमाङ्कन कार्य अन्तिम चरणमा पुर्‍याएका छौँ, आज प्राविधिक टोली आएर हेर्नेछन् ।’ गेटा विमानस्थलको विस्तार तथा क्षेत्रीय अन्तर्राष्ट्रियस्तरको बनाउनका लागि गएको पुस ३० गते बसेको मन्त्रिपरिषद् बैठकले जग्गा अधिग्रहणको निर्णय गरिसकेको थियो ।

विमानस्थलका अनुसार पूर्वतर्फ खुटिया सडक, उत्तरतर्फ हालको तारबार गरिएको क्षेत्रबाट ३४० मिटर उत्तरसम्म, पश्चिमतर्फ हालको तारबार गरिएको क्षेत्रबाट ७०० मिटर, पश्चिमसम्म र दक्षिणतर्फ हालको तारबार गरिएको क्षेत्रबाट १०० मिटर दक्षिणसम्म विमानस्थलका लागि जग्गा अधिग्रहण गर्ने लगभग टुङ्गो लागेको जनाइएको छ ।

जग्गा अधिग्रहण हुने क्षेत्रमा अहिले माटो खन्नेदेखि जग्गाको स्वरुप बिगार्ने काम भएको गुनासो आएपछि गेटा नागरिक उड्डयन कार्यालयले एक सूचना जारी गर्दै सो क्षेत्रमा माटो नखन्न र जग्गाको स्वरुप नबिगार्नसमेत सम्बन्धित जग्गाधनीलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  १० : ३० बजे

रैथाने धान लगाउने किसानलाई  प्रतिमुरी  एकहजार अनुदान

बागलुङ– ‘हाइब्रिड’ बीउबिजनले कृषि क्षेत्रका पुराना जातहरू लोपजस्तै भएका छन्

सुनको मूल्य आजपनि घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य सामान्य घटेको छ ।

अदालतले पुनर्बहाली गरेसँगै राजुनाथ नगर प्रहरी कार्यालयमा 

काठमाडौं– आफुलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले

मुख्य तीन दलका शीर्ष नेताको बैठक बस्दै

काठमाडौं– समसामयिक राजनीतिक विषयमा छलफल गर्न मुख्य तीन दलका शीर्ष

प्रि ओपन सेसन : नेप्सेमा करिब ३ अंकको गिरावट

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेपाल