साउदीमा अलपत्र १५ नेपाली भन्छन् : 'म्यानपावरले हामीलाई कैदीजस्तै बनायो' | Khabarhub Khabarhub

साउदीमा अलपत्र १५ नेपाली भन्छन् : ‘म्यानपावरले हामीलाई कैदीजस्तै बनायो’

दुई हप्ताभित्रमा नेपाल फर्काइसक्छौ : म्यानपावर



दोहा – आकर्षक रोजगारीको प्रलोभनमा परी साउदी अरब पुगेका १५ जना नेपाली युवा अलपत्र परेका छन् । काठमाडौँको चक्रपथमा रहेको नासा ह्युमन रिसोर्स प्रालिमार्फत साउदीमा रहेको अल बादर इन्टरनेशनल ओपेरेशन एंड मेनटीनेन्स कम्पनीमा होटेलको काममा भनेर पठाइएका नेपाली अलपत्र परेका हुन् ।

एजेन्ट रामकुमार रानालाई प्रति व्यक्ती १ लाख ५० हजारदेखि १ लाख ७५ हजारसम्म बुझाएर साउदी पुगेका उनीहरूलाई कम्पनीले काम नदिएर विगत पाँच महिनादेखि बन्द कोठामा कैदीबन्दी सरह बनाएको पीडित मध्येका एक डडेलधुराका रमेश महताले गुनासो सुनाए।

एजेन्ट तथा म्यानपावरले नेपालबाट पठाउँदा होटेलमा सरसफाइ, कुक, अफिस ब्याई लगायतको काममा भने पनि पाँच महिना हुँदासम्म पनि सम्झौताअनुसारको काम र तलब नदिएर कोठामा बन्धक बनाएर राखेको महताले बताए ।

‘हामी यहाँ आएको पाँच महिना भयो पाँच महिनामा जम्मा १० दिन मात्र काममा लगायो, त्यो १० दिन काम गरेको तलब पनि दिएन ,’ उनले खबरहबसँग भने, ‘ साउदी त सुधार केन्द्र हो भनेको सुनेका थियौँ, अहिले हामी नासा ह्युमन रिसोर्स प्रालिका एजुकेटिभ डाइरेक्टर रमेश भण्डारीको कैदी भएर बसेका छौँ ।’

पाँच महिनासम्म कामविहीन रहेका आफूहरूसँग खाना खाने पैसासमेत नभएको उनीहरूको भनाई छ । आधा पेट खाएर बाच्नु परेको दुखेसो सुनाउँदासमेत म्यानपावरले केही सहयोग नगरेको पीडितहरूको भनाइ छ ।

‘नेपालमा बैंकबाट चर्को ब्याजदरमा ऋण काढेर यहाँ आएका हौँ,’ उनले थपे , ‘काम दिलाउन नसके हामीलाई उद्धार गर । हामी यहाँ कैदीबन्दी भएर बस्न सक्दैनौ ।’

म्यानपावरले एक हजार प्लस दुई साउदी रियाल तलब हुने सम्झौता गरेको थियो । आफूलाई पठाउने नासा ह्युमन रिसोर्सका सञ्चालक युबराज गुरुङ र एजुकेटिभ डाइरेक्टर रमेश भण्डारीले आज-भोलिमा काम दिलाउँछौँ भन्दै टार्ने गरेको पीडितहरूले सुनाए ।

पठाउने एजेन्ट रामकुमार रानालाई सम्पर्क गर्दा अहिले आफूहरूको फोन नम्बर ब्लक लिष्टमा राखिदिएको कारण सम्पर्क हुन नसकेको पीडितहरूले बताए । उनीहरूले उद्धारको माग गर्दै रियादस्थित नेपाली दूतावासमा आइतबार निवेदन दिएका छन् ।

साउदीमै रहेका एजुकेटिभ डाइरेक्टर भण्डारीले भने आफू केही समस्याका कारण दुबई हुँदै आएको र हप्ता दिनभित्रमा साउदी फर्किएर आफूहरूको उद्धार गरी स्वदेश फर्काउने भनेको उनीहरूलाई पठाएको भ्वाइस रेकर्डमा उल्लेख गरिएको छ ।

काठमाडौँस्थित वैदेशिक रोजगार विभागमा उद्धारको माग गर्दै दिएको निवेदनउपर कुनै सुनवाइ नभएको पीडितहरूको गुनासो छ । उनीहरूले पठाउने म्यानपावरलाई कारबाही गर्न र आफूहरूलाई सकुशल नेपाल फिर्ता गर्ने वातावरण मिलाइदिन सबै सरोकारवाला निकायहरूलाई अपिल गरेका छन्।

दुई हप्ताभित्रमा नेपाल फर्काइसक्छौ : म्यानपावर

नासा ह्युमन रिसोर्स प्रालिका एजुकेटिभ डाइरेक्टर रमेश भण्डारीले उनीहरूले बन्धक बनाएको भन्ने आरोपको खण्डन गर्दै अहिले लिगल तरिकाले उनीहरू कम्पनीकै क्याम्पमा बसिरहेको बताए । खानाको लागि कम्पनीले दुई हप्तामा एक सय साउदी रियाल दिइरहेको उनको दाबी छ ।

‘अब ती भाइहरूले काम नगर्ने भनेपछि हामीले नेपाल फर्काउने तयारी गरेका छौ ,’ भण्डारीले भने, ‘अहिले एक्जिट भिसाको लागि प्रोसेस भइरहेको छ कम्तीमा दुई हप्ता भित्रमा उनीहरू नेपाल फर्किसक्छन् ।’ म्यानपावरले उनीहरूलाई चाँडो भन्दा चाँडो स्वदेश फर्काउन लागि पहल गरिरहेको भण्डारीको भनाई छ ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ११ : ०२ बजे

ललितपुरको डढेलोमा घाइते भएका रमेशको पनि मृत्यु

ललितपुर– गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने

वैतेश्वरका सात सय बढी कुकुरलाई रेबिजविरुद्धको खोप

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाले रेबिज रोग रोकथाम तथा नियन्त्रण गर्ने

नेपाल टस हारेर फिल्डिङमा, कप्तान रोहितलाई आराम

काठमाडौं– नेपाल र वेस्ट इन्डिज ए बीचको तेस्रो खेल आज

हुम्लाको स्वास्थ्य शिविरमा १८ सय बढीले लिए सेवा

हुम्ला– हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको सर्केगाडमा बृहत् निःशुल्क स्वास्थ्य

विश्वका नेपालीभाषीहरूलाई नेपालसँग जोड्न आग्रह

काठमाडौं– उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विश्वका विभिन्न मुलुकमा छरिएर