साउदीमा अलपत्र १५ नेपाली भन्छन् : ‘म्यानपावरले हामीलाई कैदीजस्तै बनायो’ « Khabarhub

साउदीमा अलपत्र १५ नेपाली भन्छन् : ‘म्यानपावरले हामीलाई कैदीजस्तै बनायो’

दुई हप्ताभित्रमा नेपाल फर्काइसक्छौ : म्यानपावर



दोहा – आकर्षक रोजगारीको प्रलोभनमा परी साउदी अरब पुगेका १५ जना नेपाली युवा अलपत्र परेका छन् । काठमाडौँको चक्रपथमा रहेको नासा ह्युमन रिसोर्स प्रालिमार्फत साउदीमा रहेको अल बादर इन्टरनेशनल ओपेरेशन एंड मेनटीनेन्स कम्पनीमा होटेलको काममा भनेर पठाइएका नेपाली अलपत्र परेका हुन् ।

एजेन्ट रामकुमार रानालाई प्रति व्यक्ती १ लाख ५० हजारदेखि १ लाख ७५ हजारसम्म बुझाएर साउदी पुगेका उनीहरूलाई कम्पनीले काम नदिएर विगत पाँच महिनादेखि बन्द कोठामा कैदीबन्दी सरह बनाएको पीडित मध्येका एक डडेलधुराका रमेश महताले गुनासो सुनाए।

एजेन्ट तथा म्यानपावरले नेपालबाट पठाउँदा होटेलमा सरसफाइ, कुक, अफिस ब्याई लगायतको काममा भने पनि पाँच महिना हुँदासम्म पनि सम्झौताअनुसारको काम र तलब नदिएर कोठामा बन्धक बनाएर राखेको महताले बताए ।

‘हामी यहाँ आएको पाँच महिना भयो पाँच महिनामा जम्मा १० दिन मात्र काममा लगायो, त्यो १० दिन काम गरेको तलब पनि दिएन ,’ उनले खबरहबसँग भने, ‘ साउदी त सुधार केन्द्र हो भनेको सुनेका थियौँ, अहिले हामी नासा ह्युमन रिसोर्स प्रालिका एजुकेटिभ डाइरेक्टर रमेश भण्डारीको कैदी भएर बसेका छौँ ।’

पाँच महिनासम्म कामविहीन रहेका आफूहरूसँग खाना खाने पैसासमेत नभएको उनीहरूको भनाई छ । आधा पेट खाएर बाच्नु परेको दुखेसो सुनाउँदासमेत म्यानपावरले केही सहयोग नगरेको पीडितहरूको भनाइ छ ।

‘नेपालमा बैंकबाट चर्को ब्याजदरमा ऋण काढेर यहाँ आएका हौँ,’ उनले थपे , ‘काम दिलाउन नसके हामीलाई उद्धार गर । हामी यहाँ कैदीबन्दी भएर बस्न सक्दैनौ ।’

म्यानपावरले एक हजार प्लस दुई साउदी रियाल तलब हुने सम्झौता गरेको थियो । आफूलाई पठाउने नासा ह्युमन रिसोर्सका सञ्चालक युबराज गुरुङ र एजुकेटिभ डाइरेक्टर रमेश भण्डारीले आज-भोलिमा काम दिलाउँछौँ भन्दै टार्ने गरेको पीडितहरूले सुनाए ।

पठाउने एजेन्ट रामकुमार रानालाई सम्पर्क गर्दा अहिले आफूहरूको फोन नम्बर ब्लक लिष्टमा राखिदिएको कारण सम्पर्क हुन नसकेको पीडितहरूले बताए । उनीहरूले उद्धारको माग गर्दै रियादस्थित नेपाली दूतावासमा आइतबार निवेदन दिएका छन् ।

साउदीमै रहेका एजुकेटिभ डाइरेक्टर भण्डारीले भने आफू केही समस्याका कारण दुबई हुँदै आएको र हप्ता दिनभित्रमा साउदी फर्किएर आफूहरूको उद्धार गरी स्वदेश फर्काउने भनेको उनीहरूलाई पठाएको भ्वाइस रेकर्डमा उल्लेख गरिएको छ ।

काठमाडौँस्थित वैदेशिक रोजगार विभागमा उद्धारको माग गर्दै दिएको निवेदनउपर कुनै सुनवाइ नभएको पीडितहरूको गुनासो छ । उनीहरूले पठाउने म्यानपावरलाई कारबाही गर्न र आफूहरूलाई सकुशल नेपाल फिर्ता गर्ने वातावरण मिलाइदिन सबै सरोकारवाला निकायहरूलाई अपिल गरेका छन्।

दुई हप्ताभित्रमा नेपाल फर्काइसक्छौ : म्यानपावर

नासा ह्युमन रिसोर्स प्रालिका एजुकेटिभ डाइरेक्टर रमेश भण्डारीले उनीहरूले बन्धक बनाएको भन्ने आरोपको खण्डन गर्दै अहिले लिगल तरिकाले उनीहरू कम्पनीकै क्याम्पमा बसिरहेको बताए । खानाको लागि कम्पनीले दुई हप्तामा एक सय साउदी रियाल दिइरहेको उनको दाबी छ ।

‘अब ती भाइहरूले काम नगर्ने भनेपछि हामीले नेपाल फर्काउने तयारी गरेका छौ ,’ भण्डारीले भने, ‘अहिले एक्जिट भिसाको लागि प्रोसेस भइरहेको छ कम्तीमा दुई हप्ता भित्रमा उनीहरू नेपाल फर्किसक्छन् ।’ म्यानपावरले उनीहरूलाई चाँडो भन्दा चाँडो स्वदेश फर्काउन लागि पहल गरिरहेको भण्डारीको भनाई छ ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ११ : ०२ बजे

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन

काठमाडौं- राजधानीकोे बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन भएको

भियतनाममा पर्यटक बोकेको डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु

हनोई- भियतनामको दक्षिणी फु क्वोक टापु नजिक शनिबार पर्यटक बोकेको डुङ्गा

गण्डकीमा पूर्वाधार विकासले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा पूर्वाधार विकासका आयोजना निर्धारित

विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् व्यवस्थापनलाई थप

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग