सौन्दर्य प्रतियोगिताबारे नीतिगत स्पष्टता कायम गर्न संसदीय समितिको निर्देशन « Khabarhub

सौन्दर्य प्रतियोगिताबारे नीतिगत स्पष्टता कायम गर्न संसदीय समितिको निर्देशन


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सौन्दर्य प्रतियोगिता आयोजकले प्रतियोगीमाथि बलात्कार गरेको भनिएको आठ वर्ष पुरानो घटना सार्वजनिक भएपछि संसदीय समितिले चासो देखाएको छ।

सो घटनाको विरोधमा प्रदर्शन हुनुका साथै हदम्याद हटाउन संसदमासमेत आवाज उठेपछि समितिको ध्यानाकर्षण भएको हो । सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिको बैठकले नीतिगत रुपमा स्पष्ट भएर मात्र सौन्दर्य प्रतियोगिता सञ्चालन गर्न दिन सरकारलाई निर्देशन दिएको छ ।

‘सुन्दरता, मोडलिङ सम्बद्ध प्रतियोगिताहरु र मनोरञ्जन क्षेत्रमा संलग्न उमेर, जात, योग्यतामा आधारित कुनै पनि प्रकारका सौन्दर्य प्रतियोगिताहरुलाई विस्तृत छलफल गरी नीतिगत स्पष्टता कायम गराएर मात्र सञ्चालन गर्न दिन समितिको यो बैठक नेपाल सरकार, गृह मन्त्रालयलाई निर्देश गर्दछ’ समितिले भनेको छ ।

समितिले नाबालिका र महिलामाथि हुने यौन हिंसा, दुर्व्यवहार, जबरजस्ती करणजस्ता जघन्य अपराधका घटनामा विद्यमान हदम्यादको कानुनी व्यवस्थापनलाई संशोधन गर्न आवश्यक विधेयक तत्काल संघीय संसदमा पेश गर्न पनि सरकारलाई भनेको छ।

यौन हिंसा र दुर्व्यवहारका घटना न्यूनीकरणका सम्बन्धमा समितिले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री, गृह र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिवलाई बोलाएर छलफल गरेको थियो ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ११ : ३१ बजे

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश

न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो : प्रधानन्यायाधीश राउत

काठमाडौँ– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकायमात्र नभई

भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने

दोधारा चाँदनी (कञ्चनपुर)- प्यालेस्टि नी लडाकु समूह हमासले बन्धक बनाएको

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई

केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले

काठमाडौँ- नेकपा (एमाले) का नेता ठम्मर विष्टले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित