‘रिभिजिटिङ द रुट्स इन अ मोर्डन नुआन्स’ कला प्रदर्शनमा १२ दिन थप « Khabarhub

‘रिभिजिटिङ द रुट्स इन अ मोर्डन नुआन्स’ कला प्रदर्शनमा १२ दिन थप


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ‘रिभिजिटिङ द रुट्स इन अ मोर्डन नुआन्स’ शीर्षकमा १४ वैशाखदेखि सुरु भएको एक महिने कला प्रदर्शनीमा अझै १२ दिन थपिने भएको छ। एक महिने लामो प्रर्दशनको पपुलर डिमान्ड भएपछि अझै १२ दिन थप्ने निणर्य भएको आयोजक विकल्प आर्ट सेन्टरले जनाएको छ।

वैशाख १४ देखि जेठ १० गतेसम्म काठमाडौँ उपत्यकाका विभिन्न चार स्थानमा कार्यक्रम आयोजना भएको थियो। ललितपुरको पुलचोकमा १४ गते उद्घाटन भएपश्चात उपत्यकाका अन्य तीन ठाउँमा पनि प्रदर्शनी भएको थियो। १२ दिन थपिएसँगै प्रदर्शनीको समापन जेठ २५ मा हुनेछ।

प्रदर्शनीमा अग्रज कलाकारका चित्रकला र स्केच तथा न्यू मिडियाको माध्यमबाट प्रस्तुत हुने पर्फमेन्स आर्ट, डिजिटल आर्ट, पप आर्टलगायतका कलात्मक सिर्जना रहनेछ । क्यानभास र ग्यालरीभन्दा वृहतरूपमा कलाको विस्तारित परिदृश्यलाई यी माध्यमबाट प्रस्तुत गरिएको थियो।

त्यस्तै विल्कपले साइकल टुर र टेम्पो टुर पनि गरेको छ। साइकल टुरमा नेपालका लागि जर्मन एम्बासडर डाक्टर थोमस प्रिन्ज सहभागी भएका थिए। साइकल टुर विद्रोह ग्यालरीबाट सुरु भएर होटल भिभान्तामा पुगेर समापन भएको थियो।

त्यस्तै होस्टेल नेक्स्ट डोरसँगको सहकार्यमा सफा टेम्पो टुर गरेको थियो। साथै नेपालका लागि फ्रान्स एम्बासडर गिल्स  बोरबाओसँगै पदयात्रा पनि गरेको थियो।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  २ : ०२ बजे

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब