‘रिभिजिटिङ द रुट्स इन अ मोर्डन नुआन्स’ कला प्रदर्शनमा १२ दिन थप | Khabarhub Khabarhub

‘रिभिजिटिङ द रुट्स इन अ मोर्डन नुआन्स’ कला प्रदर्शनमा १२ दिन थप


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ‘रिभिजिटिङ द रुट्स इन अ मोर्डन नुआन्स’ शीर्षकमा १४ वैशाखदेखि सुरु भएको एक महिने कला प्रदर्शनीमा अझै १२ दिन थपिने भएको छ। एक महिने लामो प्रर्दशनको पपुलर डिमान्ड भएपछि अझै १२ दिन थप्ने निणर्य भएको आयोजक विकल्प आर्ट सेन्टरले जनाएको छ।

वैशाख १४ देखि जेठ १० गतेसम्म काठमाडौँ उपत्यकाका विभिन्न चार स्थानमा कार्यक्रम आयोजना भएको थियो। ललितपुरको पुलचोकमा १४ गते उद्घाटन भएपश्चात उपत्यकाका अन्य तीन ठाउँमा पनि प्रदर्शनी भएको थियो। १२ दिन थपिएसँगै प्रदर्शनीको समापन जेठ २५ मा हुनेछ।

प्रदर्शनीमा अग्रज कलाकारका चित्रकला र स्केच तथा न्यू मिडियाको माध्यमबाट प्रस्तुत हुने पर्फमेन्स आर्ट, डिजिटल आर्ट, पप आर्टलगायतका कलात्मक सिर्जना रहनेछ । क्यानभास र ग्यालरीभन्दा वृहतरूपमा कलाको विस्तारित परिदृश्यलाई यी माध्यमबाट प्रस्तुत गरिएको थियो।

त्यस्तै विल्कपले साइकल टुर र टेम्पो टुर पनि गरेको छ। साइकल टुरमा नेपालका लागि जर्मन एम्बासडर डाक्टर थोमस प्रिन्ज सहभागी भएका थिए। साइकल टुर विद्रोह ग्यालरीबाट सुरु भएर होटल भिभान्तामा पुगेर समापन भएको थियो।

त्यस्तै होस्टेल नेक्स्ट डोरसँगको सहकार्यमा सफा टेम्पो टुर गरेको थियो। साथै नेपालका लागि फ्रान्स एम्बासडर गिल्स  बोरबाओसँगै पदयात्रा पनि गरेको थियो।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  २ : ०२ बजे

जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा पाँच शय्याको ‘जनसेवा नगर

आजको मौसम : चट्याङ-हावाहुरीसहित वर्षा 

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

लखनउविरुद्ध १६ बलमा टेभिस हेडको अर्धशतक

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्ने भएको छ। 

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार सन्